१२ पुस २०८२, शनिबार | December 27, 2025

माओवादी केन्द्रको दुई प्रदेशमा परामर्श बैठकको कार्यतालिका हेरफेर



काठमाडौं। नेकपा माओवादी केन्द्रले दुई प्रदेशमा परामर्श समितिको बैठक कार्यतालिका हेरफेर गरेको छ ।

सम्बन्धित प्रदेशका इञ्चार्जहरुसँगको परामर्शअनुसार प्रदेश नम्बर १ र मधेश प्रदेशको परामर्श समितिको बैठक तालिका परिवर्तन गरिएको पार्टी केन्द्रीय कार्यालयले जनाएको छ ।

जसअनुसार १ नम्बर प्रदेशका केन्द्रीय सदस्य तथा प्रदेश पदाधिकारीहरुको बैठक भदौ २२ र २३ गते हुनेछ भने मधेश प्रदेशका केन्द्रीय सदस्य तथा प्रदेश पदाधिकारीहरुको बैठक भदौ २४ र २५ गते हुनेछ ।

यसअघि भदौ २२ र २३ गते मधेश प्रदेश तथा भदौ २४ र २५ गते १ नम्बर प्रदेशको बैठक तोकिएको थियो । अन्य प्रदेशमा भने पूर्व निर्धारित कार्यतालिका अनुसार नै बैठक गर्ने सो पार्टीले जनाएको छ ।

माओवादी केन्द्रले बागमती, उपत्यका विशेष, सम्पर्क समन्वय र गण्डकी प्रदेशमा कार्यरत केन्द्रीय सदस्य तथा तथा प्रदेश पदाधिकारीहरूको बैठक गरिसकेको छ भने आज र भोलि सुदूरपश्चिम प्रदेशमा बैठक गर्दैछ । त्यसलगत्तै भदौ १४ र १५ गते कर्णाली तथा १६ र १७ गते लुम्बिनी प्रदेशको बैठक गर्ने कार्यकतालिका रहेको छ ।

त्यस्तै १८ र १९ गते केन्द्रीय आयोगका सदस्यहरूको बैठक राखिएको छ भने भदौ २७ र २८ गते जबस मोर्चा र विभागतमा कार्यरत पार्टी केन्द्रीय सदस्यहरुको बैठक बस्दैछ । भदौ ३१ र असोज १ गते प्रवासमा कार्यरत केन्द्रीय सदस्य तथा पदाधिकारीको बैठक राखिएको छ भने असोज २ र ३ गते जेष्ठ कम्युनिस्ट मञ्च र केन्द्रीय सल्लाहकारहरूसँगको परामर्श बैठक राखिएको केन्द्रीय कार्यालयले जनाएको छ ।

प्रदेश परामर्श बैठकपछि माओवादीको केन्द्रीय कमिटी बैठक बस्नेछ। केन्द्रीय कमिटीले ठोस निर्णय गरेर नियमित कार्यक्रमिकरुपमा जनतामा जाने माओवादीको तयारी छ।

प्रकाशित मिति : १२ भदौ २०८१, बुधबार  ४ : ३९ बजे

बसन्तको बखानमाथि बुटवलमा छलफल

बुटवल । बसन्त पराजुलीद्वारा लिखित बखानसिंह गुरुङको जीवनीमा आधारित आख्यान

निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता

काठमाडौं । प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताले आसन्न प्रतिनिधिसभा

प्रतिनिधिसभा निर्वाचनका लागि अन्तिम मतदाता नामावली सार्वजनिक, १ करोड ८९ लाखभन्दा बढी मतदाता

काठमाडौं । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

बुटवलमा डिजिटल सचेतना तथा सहकारी भेटघाट कार्यक्रम सम्पन्न, प्रविधिमैत्री सहकारी निर्माणमा जोड

बुटवल । इन्फोडेभलपर्स प्रा.लि, अंकुर ईन्फोटेक र जिल्ला सहकारी संघको