२८ फाल्गुन २०८२, बिहिबार | March 13, 2026

कोरोना संक्रमित काभ्रेका एक वृद्धको धुलिखेल अस्पतालमा मृत्यु



धुलिखेल । कोरोना भाइरसको संक्रमणबाट काभ्रेपलाञ्चोक जिल्ला पनि अछुतो छैन । जिल्लामा भाइरसका संक्रमित ८० जना पुगेको छ । दुई जनाको मृत्यु भएको छ ।

पछिल्लो रिपोर्ट अनुसार कोरोना भाइरसको संक्रमणबाट काभ्रेको धुलिखेल नगरपालिका वडा नं. ७ का ९८ वर्षीय वृद्धको मृत्यु भएको छ ।

साउन २७ गते संक्रमण पुष्टि भएका ती वृद्धको उपचारको क्रममा धुलिखेल अस्पतालमा मंगलबार बिहान १ बजे मृत्यु भएको काभ्रेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जानकारी दिएका छन् ।

स्वास्वप्रश्वासमा गम्भीर समस्या देखिएपछि उनको आइसीयूमा राखेर उपचार भइरहेको थियो।

मृतकको शवलाई कोरोनाबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापन कार्यविधि अनुसार व्यवस्थापना गरिने भएको छ । पशुपति आर्यघाटस्थित विद्युतीय शवदाहगृहमा उनको शवको अन्तेष्टि हुने बताइएको छ ।

यससँगै काभ्रेमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ । यसअघि पाँचखाल नगरपालिकाकी ५० वर्षीया एक महिलाको उपचारकै क्रममा ललितपुरको किष्ट अस्पतालमा मृत्यु भएको थियो ।

 

प्रकाशित मिति : २ भदौ २०७७, मंगलबार  ९ : ११ बजे

मेयर कप क्रिकेटमा लायन किङ्स विजयी

‎नेपालगन्ज । नेपालगन्जमा जारी नेपालगन्ज मेयर कप पुरुष क्रिकेट प्रतियोगिता

निर्वाचन प्रहरीको बिदाइ

काठमाडौँ । यही फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य

खाना पकाउने ग्यास अवदेखि आधा मूल्यमा आधा सिलिण्डर

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्यास आधा मूल्यमा

रुद्रवेणी–वामीटक्सार–खर्बाङ सडक एक महिना बन्द हुने

गुल्मी । राष्ट्रिय राजमार्गअन्तर्गत गुल्मीको रुद्रवेणी–वामीटक्सार–खर्बाङ सडक एक महिनाका लागि

बुटवल र सैनामैनामा वायु प्रदूषण न्यूनीकरण गर्न ‘स्वच्छ हावा’ कार्यक्रम

बुटवल । रुपन्देहीका २ वटा स्थानीय तहमा ‘आमा तथा नवजात