२५ मंसिर २०८२, बिहिबार | December 12, 2025

बाँकेका एमाले नेताहरुको २ दिने प्रशिक्षण बर्दियामा



नेपालगन्ज । नेकपा (एमाले) बाँकेका जिल्ला कमिटीका सदस्य तथा पदाधिकारीहरुलाई बर्दिया लगेर प्रशिक्षण दिईएको छ । बाँके जिल्ला कमिटीको आयोजना र जिल्ला स्कुल बिभागको ब्यवस्थापनमा जिल्ला कमिटी सदस्य र पादाधिकारीहरुका लागि दुई दिने प्रशिक्षण आजबाट बर्दियाको ठाकुरद्वारामा सुरु भएको छ ।

नेकपा एमाले जिल्ला कमिटी बाँकेका पदाधिकारी तथा सदस्यहरुको क्षमता विकास सम्बन्धि २ दिने प्रशिक्षण कार्यक्रमको एमाले महासचिव शंकर पोखरेलले उदघाटन गरे । सो वअसरमा बोल्दै उनले मुलुकमा लामो समयदेखि देखिएको राजनीतिक अस्थिरता अन्त्यका लागि कांग्रेससंग गठबन्धन बनेको दावी गरे । उनले पार्टीलाई बलियो बनाउन संगठनिक अराजकता अन्त्य हुन आवश्यक रहेको औंल्याए ।

महासचिव पोखरेलले १० औ महाधिवेशनबाट पारित सिद्धान्त,कार्यक्रम र कार्यदिशा तथा नेपालमा राजनीतिक दलहरूको तुलनात्मक अध्ययनका विषयमा प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा आजै पार्टीका उपमहासचिव तथा स्कुल बिभाग प्रमुख प्रदिप ज्ञवालीले मार्क्सवादी अध्ययन,जनताको बहुदलीय जनवादका विषयमा प्रशिक्षण दिदिएका थिए ।

कार्यक्रममा एमाले लुम्बिनी प्रदेशका अध्यक्ष राधाकृष्ण कंडेलले पार्टी संगठनका समस्या र समाधानका उपाय, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले समृद्धि,विकास र सुशासनमा पार्टी पङ्तिको दायित्व र घनश्याम कोइरालाले प्रशिक्षण विधि,व्यवस्थापन शैली र कला विषयमा सहजीकरण गर्ने कार्यक्रम रहेको एमाले बाँके जिल्ला अध्यक्ष निरक गुरुङले जानकारी दिए ।

कार्यक्रममा जिल्ला कमिटी सदस्य र पदाधिकारी,पालिका कमिटीका अध्यक्ष र प्रदेश कमिटीका सदस्य गरि १५० जना एमालेका जिल्ला स्तरका नेताहरुको सहभागिता रहेको छ ।

प्रकाशित मिति : १७ भदौ २०८१, सोमबार  ६ : १० बजे

पाल्पामा ज्येष्ठ नागरिक स्कुल सञ्चालन

पाल्पा । यहाँको रामपुर नगरपालिका–५, स्थित रामघाटमा ज्येष्ठ नागरिक स्कुल

‘पार्टीमा विद्यमान व्यक्तिवादी चिन्तन अन्त्य गर्न नयाँ नेतृत्व आवश्यक’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले ११औँ राष्ट्रिय महाधिवेशनबाट पार्टीलाई

प्रधानमन्त्रीसमक्ष जेनजी आन्दोलनको क्षतिसम्बन्धी प्रतिवेदन पेस

काठमाडौँ । जेनजी आन्दोलनमा भएको क्षतिको मूल्याङ्कन तथा सार्वजनिक संरचनाको

चुनाव हुन्छ, सही र सक्षम नेतृत्व छनोट गरौं : मन्त्री घिसिङ

वीरगन्ज । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात