१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

कोरोना संक्रमणबाट नवलपरासीका काँग्रेस नेताको मृत्यु; पोखरामा तनहुँकी महिलाको निधन



काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपाली कांग्रेसका एक जना नेताको मृत्यु भएको छ ।

नवलपरासी सुस्ता पश्चिमका जिल्ला उपसभापति सुवासचन्द्र गिरीको उपचारको क्रममा आज बिहान पाटन अस्पतालमा मृत्यु भएको हो ।

३८ वर्षीय गिरीलाई कोरोना संक्रमण पुष्टि भएपछि बुटवल कोरोना अस्पतालबाट गत शुक्रबार पाटन अस्पताल ल्याइएको थियो ।

स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि उनको भेन्टिलेटरको सहायतामा उपचार भैरहेको थियो । तर, गएराति ११ बजेदेखि स्वास्थ्यमा थप जटिलता भै बिहान मृत्यु भएको हो ।

उनको भैरहवा मेडिकल कलेजमा केही समय अघि मात्रै पित्त थैलीको अपरेशन भएको थियो ।

गिरीको मृत्युको खबरले नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाणँ स्तभ्द भएको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा मृतक गिरीप्रति श्रद्धान्जली ब्यक्त गर्दै प्रमुख सचेतक खाँणले शोकाकुल परिवार प्रति समबेदना प्रकट गर्दै स्वर्गीय गिरी प्रति श्रद्धान्जली ब्यक्त गरेका छन् ।

उता, पोखरामा तनहुँकी एक कोरोना संक्रमित महिलाको उपचारकै क्रममा गएराति मृत्यु भएको छ ।

तनहुँ ब्यास–१ अम्रेनीकी ५० वर्षीया महिलाको पोखराको कास्की सेवा अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो ।

उनलाई साउन २१ गते उपचारका लागि अस्पताल लागिएको थियो ।

ती महिलामा सुगर, पे्रसर, मुटुको समस्या र निमोनिया रहेको कास्की सेवा अस्पतालले जानकारी दियको छ ।

ती महिलालाई गत साउन २१ गते उपचारका लागि पोखरा लगिएको थियो । तर उनको कोरोना पोजेटिभ रिपोर्ट भने अहिले बिहान मात्रै पुष्टि भएको थियो ।

प्रकाशित मिति : २ भदौ २०७७, मंगलबार  १० : ०६ बजे

बुटवलमा सार्वजनिक भयो प्रोटोन ‘इ.मास ५’

बुटवल । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स

सभामुखद्वारा सचेतकहरूसँग छलफल, सदनको कारबाही प्रभावकारी बनाइने

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका विभिन्न राजनीतिक दलका मुख्य

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसले पार्टी केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको

सुनसरीका संवेदनशील क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु, इनरुवा बजारसहित महेन्द्र राजमार्ग आसपास निषेध

काठमाडौं । सुनसरीको कप्तानगञ्ज घटनापछि उत्पन्न असहज परिस्थितिलाई मध्यनजर गर्दै

२७०० अंकमुनि झर्यो नेप्से परिसूचक, कारोबार रकम पनि घट्यो

काठमाडौँ, १२ साउन स् धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से