२० चैत्र २०८२, शुक्रबार | April 3, 2026

नेपाल प्रहरी र सशस्त्र प्रहरीका कानुनलाई समयानुकूल परिमार्जनका लागि प्रधानमन्त्रीको निर्देशन



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समयको माग र जनअपेक्षालाई सम्बोधन गर्ने गरी नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसम्बन्धी विद्यमान कानुनमा संशोधन विधेयक ल्याउन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री निवास, वालुवाटारमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, मुख्यसचिव एकनारायण अर्याल, दुवै मन्त्रालयका सचिव र दुवै सङ्गठनका प्रमुुखसहित आज साँझ भएको छलफलमा प्रधानमन्त्री ओलीले ती कानुनलाई समयानुुकूल र वस्तुनिष्ट बनाउनुपर्ने बताए । उनले मुलुकमा शान्ति सुरक्षा र सुशासन कायम गर्न तथा सङ्गठनभित्र सानो तहदेखि माथिल्लो तहसम्मको सुविधासमेतलाई ध्यान दिएर प्रस्ताव ल्याउन आग्रह गरे ।

ती दुवै कानुनलाई संशोधन गर्ने विधेयकको मस्यौदा रायका लागि गृह मन्त्रालयले अर्थ मन्त्रालयमा पेस गरेको सन्दर्भमा प्रधानमन्त्री ओलीले आर्थिक र प्रशासनिक पक्षलाई अध्ययन गरेर छिटो विधेयक अघि बढाउन अर्थ मन्त्रालयलाई निर्देश गरे । ती दुवै विधेयक संसद्मा पेस गर्ने विषय सरकारको सय दिनभित्रको प्राथमिकतामा परेको छ ।

छलफलमा अर्थमन्त्री पौडेलले विधेयकलाई समग्ररुपमा अध्ययन गरेर छिटो निष्कर्ष निकालिने बताए । गृहमन्त्री लेखकले प्रस्तावित विधेयक ल्याउँदा प्रहरी सङ्गठनमा ऊर्जा थपिनुका साथै मुुलुकको आर्थिक दायित्व बचत हुने स्पष्ट गरे ।

प्रकाशित मिति : २३ भदौ २०८१, आइतबार  १० : ५५ बजे

यातायात व्यवस्था कार्यालय नेपालगन्जबाट ९ जना बिचौलिया प्रहरी नियन्त्रणमा

नेपालगन्ज । यातायात व्यवस्था कार्यालय, नेपालगन्जबाट सेवाग्राहीबाट पैसालिएर मध्यस्तता गरिदिने

एमाले सचिवालय बैठक : ‘बादल’को वक्तब्य सच्याइयो, प्रधानमन्त्रीलाई औपचारिक बधाई

काठमाडौँ । नेकपा (एमाले) गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा

यूएईको अबुधाबीमा क्षेप्यास्त्रका भग्नावशेष खस्दा सात नेपाली घाइते

काठमाडौं । संयुक्त अरब इमिरेट्स यूएईको राजधानी अबुधाबीमा क्षेप्यास्त्रका भग्नावशेष

नापी कार्यालय भैरहवाबाट दुई जना विचौलिया पक्राउ

भैरहवा । नापी कार्यालय भैरहवा परिसरबाट प्रहरीले दुई जना विचौलियालाई

दोस्रो सौभाग्य कपमा विजयी हुदै सम्पूर्ण क्लब क्वाटरफाईनलमा प्रवेश

बुटवल । सहिद प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य गोल्डकप २०८२