२२ श्रावण २०८३, शुक्रबार | August 7, 2026

माओवादीले राष्ट्रियसभाको प्रत्यायोजित विधायन समिति सभापतिमा उम्मेदवारी दिने



काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले राष्ट्रियसभाअन्तर्गतको समिति सभापतिमा उम्मेदवारी दिने निर्णय गरेको छ ।

आज सिंहदरबारमा बसेको संसदीय दलको बैठकले सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा उम्मेदवारी दिने र उम्मेदवारमा सांसद मायाप्रसाद शर्मालाई उठाउने निर्णय गरिएको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।

बैठकले विधायन व्यवस्थापन समितिको सभापतिमा नेकपा (एकीकृत समाजवादी)का उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको छ । ती समिति सभापतिको निर्वाचन यही भदौ ३१ गते सोमबार दिउँसो १ बजे हुने गरी निर्वाचन तालिका सार्वजनिक गरिएको छ ।

माओवादी केन्द्रले सहमतिका लागि पहल गर्ने नभए प्रक्रियामा गएर भए पनि विजयी गराउने निर्णय गरेको प्रमुख सचेतक पाण्डेले जानकारी दिए ।

यस्तै, पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकको पछिल्लो राजनीतिक अवस्था एवं सङ्घीय संसद्मा पार्टीले खेल्नुपर्ने भूमिकाका बारेमा जानकारी गराएका थिए ।

माओवादी केन्द्रले आफूहरूले सञ्चालन गरेको ‘जनयुद्ध’ को अपमान गर्ने गरी प्रतिनिधिसभामा पटक पटक अभिव्यक्ति आएको भन्दै सो विषयमा उचित निरूपण नहुँदासम्म सदनमा विरोध जारी राख्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : २८ भदौ २०८१, शुक्रबार  ८ : २९ बजे

थाइल्यान्डको स्कूलमा गोली हानाहान, चार जनाको मृत्यु, १५ घाइते

बैङ्कक । थाइल्यान्डको राजधानी बैङ्ककको उत्तरी क्षेत्रमा अवस्थित एक स्कूलमा

परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको परराष्ट्र नीतिको केन्द्रमा आर्थिक

कोइराला निवासका लागि छुट्याइएको २ करोड बजेट शेखरद्वारा अस्वीकार

काठमाडौं। नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले विराटनगरस्थित ऐतिहासिक कोइराला निवासको

राष्ट्र बैंकले ६० अर्बको एकमहिने निक्षेप सङ्कलन गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले रु ६० अर्ब बराबरको एकमहिने

२५० रुपैयाँको सामान खरिद गरेका उपभोक्ताले जिते १० लाख रुपैयाँ

काठमाडौं । करदाता प्रोत्साहन उपहार कार्यक्रमको पहिलो घोषणा कार्यक्रम सुरु