१० चैत्र २०८२, मंगलबार | March 24, 2026

‘भ्रष्टाचारीको चुङ्गुलबाट देशलाई मुक्त बनाउनुपर्छ’



काठमाडौं । प्रतिनिधिसभा सदस्य एवं राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता डा धवलशमशेर जबराले सबै मिलेर भ्रष्टाचारीको चुङ्गुलबाट देशलाई मुक्त बनाउनुपर्ने बताएका छन् ।

बागेश्वरी असल शासन क्लब बास नेपालले आज यहाँ आयोजना गरेको ‘बास नेपाल पब्लिक स्पिच’ कार्यक्रममा उनले भने, “देशका जिल्लादेखि केन्द्रसम्म भ्रष्टाचार बढ्दै गएको छ । यसविरुद्ध अभियान नै चलाउनुपर्ने आवश्यकता छ ।”

नेता डा जबराले भ्रष्ट्राचारजन्य क्रियाकलापमा लाग्ने नेता तथा जुनसुकै व्यक्ति भए पनि कारबाहीको दायरामा ल्याउनुपर्ने र यसविरुद्ध जनताहरू पनि सचेत रहनुपर्ने धारणा राखे ।

क्लब (बास नेपाल) की केन्द्रीय अध्यक्ष लुना बुढाथोकीले आफूहरूले विभिन्न निकायको सहयोगमा भ्रष्टाचार मुक्त अभियान सञ्चालन गरिरहेको र यसमा सबैको सहयोग रहे भ्रष्टाचार मुक्त राष्ट्र बनाउने अभियान सफल हुने विश्वास व्यक्त गरिन् ।

पब्लिक स्पिच कार्यक्रममा भाग लिएर उत्कृष्ट भएका सहभागीहरुलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतिस्पर्धी १५ जनामध्ये प्रथम भएका दिलबहादुर भण्डारीलाई रु ५० हजार, द्वितीय सुशीला धमलालाई रु ३० हजार, तृतीय गङ्गा घिमिरेलाई रु २० हजारसहित प्रमाणपत्र तथा ट्रफी प्रदान गरिएको थियो ।

प्रकाशित मिति : २९ भदौ २०८१, शनिबार  १० : ४१ बजे

डाँडाखेत-राहुघाट प्रसारण लाइन : तीन करोडभन्दा बढी मुआब्जा वितरण, तारमुनिका जग्गाधनीलाई पनि क्षतिपूर्ति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणद्वारा यहाँ निर्माणाधीन १३२ केभी क्षमताको

पर्वतमा ‘बोलेरो जीप’ दुर्घटनामा चालकको मृत्यु

पर्वत । कालीगण्डकी लोकमार्ग अन्तर्गत फलेवास नगरपालिका-४ मुडिकुवास्थित कुश्मा-फलेवास सडकस्थित

मिथिलामा आज अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाइँदै

महोत्तरी । महोत्तरीसहित सम्पूर्ण मिथिला क्षेत्रमा आज साँझ अस्ताउँदो सूर्यलाई

कांग्रेस केन्द्रीय समितिको बैठक आज, १५ औँ महाधिवेशनबारे छलफल हुने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ ।

विश्व क्षयरोग दिवस : जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै

काठमाडौं । ‘हो ! हामी क्षयरोग अन्त्य गर्छौँ : राष्ट्रिय