८ श्रावण २०८३, शुक्रबार | July 24, 2026

सभामुखले बोलाएको दलका प्रमुख सचेतक र सचेतकहरुसँग बैठक शुरु



काठमाडौं । सभामुख देवराज घिमिरेले बोलाएको राष्ट्रिय दलका प्रमुख सचेतक र सचेतकहरुसँग बैठक शुरु भएको छ । सभामुखले संसद्को गतिरोध हटाउन बैठक बोलाएका हुन् ।

सिंहदरबारमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतकरसचेतकहरुसँग सभामुख घिमिरेले छलफल शुरु गरेका छन् । ‘हिंसा’ शब्द असंसदीय नरहेको सभामुखको रुलिङपछि माओवादी केन्द्रले संसदको बैठक अवरुद्ध गरिरहेको छ ।

सभामुखले भदौ २६ गतेको बैठकमा नेकपा एमालेका सांसद योगेश कुमार भट्टराईले भदौ १२ गते प्रतिनिधिसभा बैठकमा प्रयोग गरेको ‘हिंसा’ शब्द हटाउन नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले गरेको नियमापत्तिको निर्णय गरेका थिए । निर्णयमा असहमति जनाउँदै माओवादी केन्द्रले गत बुधबारको संसद अवरोध गरेका थिए । माओवादी केन्द्रले ‘हिंसा’ शब्द बारे सभामुखले गरेको निर्णय फिर्ता नलिएसम्म संसदको अवरोध जारी रहने निर्णय गरेको छ ।

माओवादी केन्द्रले आजको बैठक पनि अवरोध गर्ने निर्णय गरेपछि सभामुखले छलफल गर्न लागेको उनको सचिवालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : ३० भदौ २०८१, आइतबार  १२ : १६ बजे

सुर्खेतमा ग्यास अभाव छैन : आयल निगम

सुर्खेत । नेपाल आयल निगम सुर्खेतले वीरेन्द्रनगरमा एलपी ग्यासको अभाव

रास्वपा सांसद पौडेलमाथि कालो मसी प्रहार

रौतहट । रौतहट निर्वाचन क्षेत्र नम्बर-४ का प्रतिनिधिसभा सदस्य गणेश

सवारी रोकेर तुइन खोलाको ढिस्को हटाइँदै

चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोलामा सवारीसाधन रोकेर ढिस्को

सुनचाँदीको मूल्य घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य केही घटेको छ

रास्वपाका सांसदहरूले स्वकीय सचिवमा नातेदार राखे कारवाही हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संघीय सांसदका स्वकीय सचिव