२० मंसिर २०८२, शनिबार | December 6, 2025

बाँकेको खजुरामा घरबाटै अढाई वर्षीया नाबालिका बेपत्ता, बाघले लगेको आशंका



खजुरा । बाँकेको खजुरामा घरबाटै एक नाबालिका बेपत्ता भएकी छन् । खजुरा गाउँपालिकाको वडा नम्बर-६ सिमलघारीबाट गएराती ढाई वर्षीया नाबालिका बेपक्ता भएको प्रहरीले जनाएको छ ।

गएराती ९ बजेको समयमा खजुरा ६ सिमलघारी नजिकै रहेको घरबाट अढाई वर्षीया लक्ष्मी पुन बेपत्ता भएको इलाका प्रहरी कार्यालय धनौलीले जनाएको छ ।

घरको आगनमा खेलिरहेकी नाबालिका एकाएक हराएपछि गाउँमा खैलाबैला भएको थियो । छिमेकीले प्रहरीमा खबर गरेपछि मध्यरातसम्म खोजी गर्दापनि बालिका फेला नपरेको इलाका प्रहरी धनौलीका इन्चार्ज प्रहरी निरक्षक पुर्ण केसीले बताए ।

घर नजिकै रगतको छिर्का सहित घिसारेको घाँसे मैदान देखिएकाले बाघले लगेको अनुमान गरिएको स्थानीयले बताएका छन् । यसअघि पनि गाँउको गोठबाट बाघले बाख्रा लैजाने गरेको बताउँदै स्थानीयले बालिकालाई पनि बाघले लगेको अनुमान गरे ।

वनको कर्मचारीको सहयोग मागेर बिहानैदेखि बालिकाको खोजि गरिन थालेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३१ भदौ २०८१, सोमबार  ७ : २५ बजे

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने

काठमाडौं । आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति

एनपीएलमा आज दुई खेल : सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा भिड्दै

काठमाडौं । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी