१० चैत्र २०८२, मंगलबार | March 25, 2026

अमेरिकी राजदूत थम्पसनले गरे  स्वर्गीय टेड रिकार्डीबाट सङ्कलित पुस्तकसहितको पुस्तकालय उद्घाटन



भक्तपुर । नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले भक्तपुरको नागाँचामा आरपी फाउन्डेसनद्वारा सञ्चालित नेपाल भोकेसनल एकेडेमीमा पुस्तकालयको आज उद्घाटन गरेका छन् । करिब ५० वर्ष नेपालमा रहेर यहाँका कला, सम्पदा र विभिन्न पक्षको अध्ययन गरेका अमेरिकी प्राध्यापक स्वर्गीय थियोडोर टेड रिकार्डीले सङ्कलन गरेका पाँच हजार पुस्तकसहितको पुस्तकालयको उनले आज उद्घाटन गरेका हुन् ।

अमेरिकी दूतावासको सहयोगमा अमेरिका र अन्य क्षेत्रबाट नेपाली सोध–अनुसन्धान तथा एशियाली सन्दर्भ एव साहित्यिक–प्राज्ञिकलगायत विभिन्न कला, संस्कृति, वास्तुकला, सम्पदासम्बन्धी अनुसन्धानमूलक पुस्तक तथा सोध सामग्री सङ्कलनगरी पुस्तकालयमा राखिएका छन् ।

त्यस अवसरमा राजदूत थम्पसनले वर्षौंदेखिको अमेरिका र नेपालको मैत्रीपूर्ण सम्बन्धलाई पुस्तकालयले थप स्मरणीय र मजबुद बनाएको बताए । उनले हजारौँ वर्ष पुराना र महत्वपूर्ण पुस्तकले उचित स्थान पाएको र पुस्तकालय नेपालकै लागि महत्वपूर्ण रहेको धारणा राखे । “यो पुस्तकालय नयाँ पुस्तालाई इतिहासदेखि विभिन्न चरणका महत्वपूर्ण जानकारीबारे अध्ययन गर्न निकै उपलब्धिमूलक हुनेछ । यो नेपालकै लागि वरदान सावित हुने विश्वास लिएको छु”, राजदूत थम्पसनले भने ।

कार्यक्रममा स्व रिकार्डीकी श्रीमती कुनले आफ्नो श्रीमान्को जीवनी र उनले नेपालमा गरेको सेवा र अध्ययनका बारेमा चर्चा गरिन् । अमेरिकामा रहेका पुस्तकहरु ल्याएर नेपालमा उनकै नाममा पुस्तकालय स्थापना गर्नु शौभाग्य भएको भन्दै कुनले आफ्नो नासो नेपालका लागि सुम्पेको बताइन् । उनले यहाँ राखिएका पुस्तक नेपाली र विदेशी नागरिकका लागि अध्ययन अध्ययापनमा उपयोगी हुने बताइन् ।

कार्यक्रममा प्रा डा निर्मलमान तुलाधरले प्रा टेडले नेपालमा विभिन्न धर्म, संस्कृति, नेवारी परम्परा, धार्मिक सम्प्रदायका बारेमा अध्ययन अनुसन्धान गरेर महत्वपूर्ण योगदान पु¥याएको भन्दै प्रशंसा गरे ।

आरपी फाउण्डेसनका प्रमुख रविन्द्र पुरीले सन् १९६८ मा पहिलो पटक फुलब्राइट कमिसनको आवासीय प्रमुख भएर काठमाडौँ आएका टेडले नेपाली सोध–अनुसन्धान तथा एशियाली सन्दर्भ र साहित्यिक–प्राज्ञिक कृतिको सङ्कलन गरेका पाँच हजारभन्दा बढी पुस्तक उनकी श्रीमतीको सहयोगमा पुस्तकालयमा राखिएको बताए । उनले एकेडेमीमा टेडकै नाममा ‘प्रोफेसर टेड रिकार्डी मेमोरियल रुम’ स्थापना गर्न पाउनु गर्वको विषय भएको उल्लेख गरे । लिच्छवीकालीन इतिहास, सभ्यता अन्वेषणका काम गरेर विज्ञता हासिल गरेका टेडले नेपालका विभिन्न सम्पदाको उत्खननमा योगदान दिएको पुरीले जानकारी दिए ।

कमलविनायक (नागांचा) मा रहेको एकेडेमीमा पुस्तकालय स्थापना गरी टेडकै सम्मानमा उनको अर्धकदको सालिकसमेत राखिएका छ ।

प्रकाशित मिति : १ आश्विन २०८१, मंगलबार  १० : १४ बजे

कीर्तिपुरमा मृत भेटिएका कागमा बर्डफ्लु पुष्टि

काठमाडौँ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा मृत भेटिएका ठूलो सङ्ख्याका

काठमाडौँलगायत देशका विभिन्न जिल्लामा वर्षा

काठमाडौँ । पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभावका कारण

तिलगङ्गा आँखा अस्पताल र ग्लोबल आइएमई बैंकबीच समझदारी

काठमाडौँ । आर्थिक रूपमा विपन्न नागरिक र ज्येष्ठ नागरिकको निःशुल्क

हरेक शैक्षिकसत्रमा पाठ्यपुस्तक परिवर्तन नगर्न निजी विद्यालयलाई उपमहानगरको निर्देशन

कैलाली । निजी बिद्यालयहरुले हरेक वर्ष पाठ्यपुस्तक परिवर्तन गर्दै अभिभावकहरुलाई

बुटवलमा दलित जनप्रतिनिधिको नेतृत्व विकास सम्बन्धी अभिमुखीकरण कार्यक्रम

बुटवल । बुटवल उपमहानगरका दलित जनप्रतिनिधिहरुका लागि नेतृत्व विकास अभिमुखीकरण