६ पुस २०८२, आइतबार | December 21, 2025

नेपालगन्ज १० किमि नाइट रनको टिसर्ट सार्वजनिक



नेपालगन्ज । दशौं धारा नेपालगन्ज म्याराथनको प्रिइभेन्टका रुपमा हुन लागेको नेपालगन्ज १० किमि नाइट रनको टिसर्ट सार्वजनिक गरिएको छ । संविधान दिवसका अवसरमा असोज ३ गते राति हुने दौडको टिसर्ट आज एक कायृक्रमकाबीच सार्वजनिक गरिएको हो ।

नेपालगन्ज म्याराथनका संस्थापक निर्देशक टीएस ठकुरी, आटरिच म्यानेजर चाहना शाह, लुम्बिनी खेलकुद परिषदका सदस्य डिबी तामाङ, बाँके जिल्ला एथलेटिक्स संघका अध्यक्ष राजेन्द्र शाही र नेपालगन्ज म्याराथनका आइटी कन्सल्ट्यान्ट भानु रेग्मीले संयुक्तरूपमा टिसर्ट सार्वजनिक गरे ।

टिसर्ट सार्वजनिक कार्यक्रममा बोल्दै संस्थापक निर्देशक टीएस ठकुरीले नेपालगन्ज म्याराथनको एक दशक यात्राको लागि ुदशौंमा दस इभेन्टुका बारेमा विस्तृत जानकारी दिए । असोज ३ गते नाइट रन सम्पन्न भएपछि ५ गते शनिबारदेखि साप्ताहिक रन सुरु हुने उनले बताए । ुयो बर्षभरि सञ्चालन हुनेछ । ुउनले भने(ुदस हप्तामा चार, २५ हप्तामा तीन जना, ५० हप्तामा दुई जना र ७५ हप्तामा एक एक जनालाई पुरस्कृत गरिनेछ, एक सय हप्ता पूरा गर्ने एक जनालाई कुनै अन्तर्राष्ट्रिय म्याराथनमा अवसर प्रदान गरिनेछ ।

उनका अनुसार पहिलो चरणमा नेपालगन्ज, कोहलपुर र खजुरामा साप्ताहिक रन सुरु गरिनेछ । रेश डाइरेक्टर चन्द्रबहादुर गुरुङले यसको प्रमुख कमान्ड सम्हाल्नेछन् । बाँके जिल्ला एथलेटिक्स संघले यसमा सहकार्य गर्नेछ । म्याराथनका बरिस्ठ सदस्यहरु हृदयकृष्ण मास्के, चन्द्रबहादुर राना, सुनिल बिष्ट, सुमन बस्नेत, गगन थापाले साप्ताहिक रनमा भोलन्टियर सेवा प्रदान गर्नेछन् ।

असोज दोस्रो हप्तादेखि स्कुल कलेजमा लेक्चर सिरिज सञ्चालन गरिनेछ । आउटरिच म्यानेजर चाहना शाहले यसको नेतृत्व गर्नेछिन् । त्यसैगरी कात्तिक पहिलो हप्ता हुने गौघाट ग्रिन रनको संयोजन डिबी तामाङले गर्नेछन् । मंसिर ५ गते हुने दीप प्रज्वलन कार्यक्रमको संयोजन सुमनसिंह बस्नेतले गर्ने कार्यक्रममा जानकारी दिइयो । त्यस्तै फोटो प्रदर्शनीका लागि पहिलोदेखि नवौं संस्करणसम्मका उत्कृष्ट तस्बिर संकलनका लागि गगन थापालाई जिम्मेवारी दिइएको छ । त्यस्तै मंसिर २० र २१ गते म्याराथन एक्स्पो र नेपालगन्ज कनक्लेव हुनेछ । यसमा विभिन्न व्यक्ति तथा संघसंस्थालाई दशक रत्न सम्मान प्रदान गरिनेछ ।

दशौं कार्यक्रमका रुपमा दशौं धारा नेपालगन्ज म्याराथन मंसिर २२ गते शनिबार हुने पत्रकार भेटमा जानकारी गराइएको छ ।

विस्तृत शान्ति सम्झौता भएको दिन मंसिर ५ लाई स्मरण गर्दै हरेक मंसिरको पहिलो शनिबार हुँदै आएको नेपालगन्ज म्याराथन यश बर्ष कर्णालीमा हुने दशौं राष्ट्रिय खेलकुदका कारण केही पछाडि सारिएको आयोजकले जनाएको छ ।

प्रकाशित मिति : १ आश्विन २०८१, मंगलबार  १० : २४ बजे

पशुपति क्षेत्रका सम्पदा सफाइ अभियान सुरु

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा नियमित सफाइ अभियान

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

दार्चुलामा भूकम्पको धक्का

दार्चुला । दार्चुलामा आज साँझ ८ बजेर ३६ मिनेटमा भूकम्पको

नेपालगन्जका सात वडा कार्यालय भवनविहीन

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका सात वडा कार्यालय भवनविहीन अवस्थामा सेवा

नेपालगन्जमा सुरु भयो ‘क्रस बोर्डर टुरिजम कन्क्लेभ’, ४० बढी भारतीय टुर अपरेटर सहभागी

नेपालगन्ज ‌। नेपालगन्जमा शनिबारदेखि तीन दिने क्रस बोर्डर टुरिजम कन्क्लेभ