१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

कार्ल बिक्रम थापाद्वारा लिखित ‘अमेरिकाको सङ्क्षिप्त इतिहास र संविधान’ पुस्तक लोकार्पण



काठमाडौं । लेखक कार्ल बिक्रम थापाद्वारा लिखित पुस्तक ‘अमेरिकाको सङ्क्षिप्त इतिहास र संविधान’ लोकार्पण भएको छ ।

बिहीबार काठमाडौंस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित एक कार्यक्रमका बीच लेखक थापाद्वारा लिखित पुस्तक ‘अमेरिकाको सङ्क्षिप्त इतिहास र संविधान’ लोकार्पण भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सभाका सदस्य वामदेव गौतम, नेपाली कांग्रेसका सांसद तथा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरी खतिवडा र पूर्वमन्त्री तथा नेकपा (माओवादी केन्द्र)की केन्द्रीय सदस्य कल्पना धमला लगायतले सो पुस्तक सामुहिक रुपमा लोर्कापण गरेका थिए ।

पुस्तकका सन्दर्भमा अमेरिकाका लागि नेपालका पूर्व राजदूत तथा हाल भारतका लागि नेपाली राजदूत शंकर शर्मा र त्रिभुवन विश्वविद्यालयका पूर्व प्राध्यापक प्राडा. सुरेन्द्र केसीले टिप्पणी गरेका थिए ।

पुस्तकमा अमेरिकी झन्डाको इतिहास, अमेरिकी राष्ट्रिय गान, अमेरिकाको सङ्क्षिप्त इतिहास र अमेरिकामा रहेका जनजातिहरुको बारेमा उल्लेख गरिएको छ । त्यसैगरी ब्रिटिश शासन तथा औपनिवेशिक काल, स्वतन्त्रता प्राप्ति, संविधान निर्माण र राष्ट्रिय सरकारको स्थापना, दासप्रथा र स्वतन्त्रता भुमि आन्दोलनको विषयमा पनि लेखिएको छ । पुस्तकमा अमेरिका अन्तर्राष्ट्रिय युद्ध र विकास, दोस्रो विश्वयुद्ध र त्यसपछिको अमेरिका र अमेरिकाका विभिन्न युद्धहरु लगायतका विभिन्न विषयहरुलाई समेटिएको छ । त्यसका साथै अमेरिकाको संविधानका सबै पक्षहरुलाई पुस्तकमा उतारिएको छ ।

लेखक स्वयम्ले प्रकाशन गरेको ७१६ पृष्ठको पुस्तकको मुल्य १ हजार १५० रुपैयाँ तोकिएको छ । लोकार्पण समारोहमा बोल्दै अतिथि वक्ताहरुले अमेरिकाजस्तो विकसित मुलुकको संविधान बारे जान्न बुझ्न चाहानेहरुका लागि सो पुस्तक उपयोगी हुने बताएका छन् ।

लोकार्पण समारोहमा बोल्दै लेखक थापाले आफ्नो पुस्तकले अमेरिकाको संविधानको बारेमा नेपाली भाषामा बुझाउने र त्यसका विभिन्न पाटा र पक्षहरुका बारेमा जानकारी गराउन मद्दत गर्ने बताए ।

 

प्रकाशित मिति : ३ आश्विन २०८१, बिहिबार  ८ : १५ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा