६ श्रावण २०८३, बुधबार | July 22, 2026

आइएमई मोटर्स र रिलायन्स फाइनान्स बिच सत्तरी प्रतिशत सम्मको सवारी साधन  फाइनान्सिङका लागि रणनीतिक साझेदारी



 काठमाडौ ।  आइएमई मोटर्सले  रिलायन्स फाइनान्स बिच सत्तरी प्रतिशत सम्मको सवारी साधन  फाइनान्सिङका लागि रणनीतिक साझेदारी  भएको छ ।
यस सम्झौतासँगै,ग्राहकहरूले अब रिलायन्सबाट सत्तरी प्रतिशत सम्मको सवारी साधन फाइनान्सिङ सुविधा प्राप्त गर्न सक्नेछन् ।
सम्झौतामा रिलायन्स फाइनान्सका प्रमुख कार्यकारी अधिकृत समाज प्रकाश श्रेष्ठ र रिटेल तथा एस एम इ प्रमुख नबिन्द्र केसी र आइएमई मोटर्सका सहायक महाप्रबन्धक सुशील सुवेदी र कम्पनीका प्रमुख वित्तीय अधिकृत निर्मल अधिकारी बिच हस्ताक्षर भएको हो।
यस समझदारी मार्फत दुबै कम्पनीहरूको ग्राहक(केन्द्रित समाधान र अटोमोबाइल क्षेत्रको विकासमा प्रतिबद्धता प्रकट गरेका छन् । यसबाट ग्राहकहरूलाई सवारी साधन किन्न  सहज र पहुँच योग्य फाइनान्सिगको सुविधा उपलब्ध भएको छ ।
सम्झौताका प्रमुख बुँदाहरू
१. सत्तरी प्रतिशत सम्मको फाइनान्सिग  ग्राहकहरूले अब रिलायन्स फाइनान्सबाट सवारी साधनको  कुल मूल्यको सत्तरी प्रतिशत सम्मको फाइनान्सिग प्राप्त गर्न सक्नेछन् ।
२.सहज प्रक्रिया यो साझेदारीले दुबै कम्पनीहरूको सेवालाई उपयोग गर्दै सहज प्रक्रियासंगै सुलभ र प्रभावकारी फाइनान्सिग सुविधा उपलब्ध हुनेछ ।
३.पहुँच वृद्धि  यस समझदारीले सवारी साधनको स्वामित्वको पहुँचलाई विस्तार गर्नेछ र  अटोमोबाइल  क्षेत्रको विकासलाई थप प्रर्वद्धन गर्नेछ।
आइएमई मोटर्सका सहायक महाप्रबन्धक सुशील सुवेदीले रिलायन्स फाइनान्ससँगको  यो साझेदारीबाट ग्राहकहरूलाई बढी फाइनान्सिग सुविधाहरू गर्ने तथा यसबाट अशोक लेल्याण्डको बजार वृद्धि गर्न सहयोग पुग्ने विश्वास लिएको बताएका छन् ।
रिलायन्स फाइनान्स का प्रमुख कार्यकारी अधिकृत समाज प्रकाश श्रेष्ठले आइएमई मोटर्ससँग मिलेर उत्कृष्ट फाइनान्सिग सेवाहरू मार्फत  ग्राहकहरूको आवश्यकतालाई पुरा गर्न तत्पर रहेको बताएका छन् ।

प्रकाशित मिति : ५ आश्विन २०८१, शनिबार  ३ : ५४ बजे

पहिरो खस्दा आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने

काठमाडौं । अविरल वर्षा, पहिरो र बाढीको जोखिमका कारण देशका

अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन्

चितवन । ‘बर्डफ्लु’को प्रभावका कारण गिरावट आएकोे अण्डाको मूल्य बढ्न

बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’, जलवायु सचेतनासँगै मानवीय सहयोग कोष घोषणा

काठमाडौं । नेपाली कांग्रेसले विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ४४औँ स्मृति दिवसका

दोलखाको सिप्रिङ खोलामा आएको बाढीले एक वृद्ध बेपत्ता, चार जना जलविद्युत् कर्मचारी जोखिममा

काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिका-९ स्थित सिप्रिङ खोलामा आएको बाढीले

दिल्लीमा विद्यार्थी प्रदर्शनमाथि प्रहरीको दमन, राजधानी तनावग्रस्त

नयाँ दिल्ली । भारतीय राजधानी नयाँ दिल्लीमा शिक्षा प्रणालीमा देखिएको