६ कार्तिक २०८३, शुक्रबार | October 23, 2026

क्रिप्टो कारोबार : आरोपी प्रहरीमाथि अनुसन्धान गरी कारबाही गर्न सिफारिस



काठमाडौं । क्रिप्टो कारोबारीसँग रकम असुलेको आरोप लागेका प्रहरी परिसर काठमाडौँका दुई प्रहरीमाथि थप अनुसन्धान गरी कारबाही गर्नुपर्ने छानबिन समितिले निष्कर्ष निकालेको छ ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालयले प्रहरी उपरीक्षक प्रजित केसीको नेतृत्वको गठित छानबिन समितिले तयार पारेको प्रतिवेदनमा उनीहरूमाथि थप अनुसन्धान गरी कारबाही गर्न सिफारिस गरेको हो ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले क्रिप्टो कारोबारीसँग सम्पर्क रहेको पाएपछि समिति बनाएर अनुसन्धान गरिएको र आज थप अनुसन्धान गरी कारबाही प्रक्रिया अघि बढाउन भन्दै परिसरमा प्रतिवेदन पठाइएको जानकारी दिए ।

यसरी अनुसन्धान गरिएकामा प्रहरी हवल्दार गणेश खड्का र जवान साजन शर्मा रहेका छन् । उनीहरूमाथि पक्राउ परेका क्रिप्टो कारोबारीलाई ५० लाख असुलेर छाडेको आरोप लागेको छ ।  उनीहरु दुबै जना जिल्ला प्रहरी कार्यालय काठमाडौंमा कार्यरत छन् ।

सो विषयमा परिसरले पनि प्रहरी उपरीक्षक नवराज अधिकारी नेतृत्वका छानबिन समिति बाएर अनुसन्धान गरेको थियो । क्रिप्टो कारोबारी अहिले फरार रहेकाले उनी पक्राउ परेपछि अझै थप कुरा खुल्ने पनि उपत्यका प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : ८ आश्विन २०८१, मंगलबार  १० : ४२ बजे

कास्कीमा असोजमा ५९ सवारी दुर्घटना, ११ जनाको मृत्यु

कास्की । कास्कीमा असोज महिनामा ५९ सवारी दुर्घटना भएका छन्

यसवर्षका दसैँमा सौराहामा आन्तरिक पर्यटक कमी

चितवन । भोटीकोशी र बूढीगण्डकी बाढीपछि मुख्य राजमार्गमा भएको अवरोध

‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार

राँझा । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-१९ का अमजत अली शेख विगत

बेनी-जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो

म्याग्दी । म्याग्दीका पर्यटकीय स्थलहरुमा दसंँ लगत्तै पर्यटकको चहलपहल बढ्न

चीन सिजाङ भूकम्प अपडेट : १६ जनाको मृत्यु, घाइते ४६ पुगे

काठमाडौं । चीनको सिजाङ स्वायत्त क्षेत्रको नागकु शहरस्थित बाकेन काउन्टीमा