२० चैत्र २०८२, शुक्रबार | April 3, 2026

काठमाडौं उपत्यकाबाट साढे सात सय जनाको सकुशल उद्दार गरियो- गृहमन्त्री लेखक



काठमाडौं । गृहमन्त्री रमेश लेखक निरन्तरको बर्षाका कारण आएको बाढी, पहिरो लगायतका प्राकृतिक विपद्को जोखिममा परेका नागरिकहरुको उद्दार, राहत तथा घाइतेहरुको स्वास्थ्य उपचारमा सरकार गम्भीर भएर लागिपरेको बताएका छन् ।

शनिबार बिहान सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमाण्ड पोष्ट’को बैठकपछि सञ्चारकर्मीहरुसित बोल्दै गृहमन्त्री लेखकले बर्षा, बाढी, पहिरो र डुबानबाट काठमाण्डौ उपत्यकामा मात्रै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको उद्दार टोलीले साढे सात सय भन्दा बढी नागरिकको सकुशल उद्दार गरेको जानकारी दिए ।

“दुई जनाको नेपाली सेनाको हेलिकप्टरबाट समेत उद्दार गरी सुरक्षित स्थानमा सारिएको छ ।” गृहमन्त्री लेखकले भने, “ मुलुकमा ठुलो विपद्को स्थिती आएको छ ।” उनले बैठकले मुलुकभर बाढी, पहिरो र डुबानबाट भएको जनधनको क्षतिको सुचना संकलन गर्ने, उद्दार तथा राहतलाई थप प्रभावकारी बनाउने लगायतका विषयमा छलफल भएको बताए ।

बर्षाका कारण काठमाडौं भित्रीने सडकहरु अवरुद्ध भएको र तत्काल खुलाउन पहल गर्न सम्वन्धीत निकायलाई निर्देशन समेत दिए । “विपद्बाट हुने क्षति न्युनीकरणका लागि सबै सुरक्षा संयन्त्र परिचालन भएको छ ।”, उनले भने, “ बाढी, पहिरो लगायत विप्द सम्वन्धी पूर्व सुचना जारी गर्ने काम पनि हुदै आएको छ ।”

उनले अवस्था सामान्य हुदै गएपछि विस्थापितलाई पुर्नस्थापनाका लागि सरकारले पहल गर्ने मन्त्री लेखकको भनाई थियो । उनले ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमाण्ड पोष्ट’ २४ सै घण्टा सक्रिय बनाइने बताए ।

“खराब मौसमका कारण पनि कतिपय स्थानबाट हवाइ उद्दारमा समेत समस्या भयो ।”, उनले भने, “स्थलगत रुपमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको उद्दार, सुचना संकलनमा राष्ट्रिय अनुसन्धान विभाग र हेलिकप्टरबाट नेपाली सेनाले निगरानी र उद्दार गर्नेगरी सुरक्षा निकाय परिचालन भएको छ ।”

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार  १ : २७ बजे

भारत–नेपाल सहयोगः सामुदायिक विकासका सात परियोजना कार्यान्वयनको सम्झौता

काठमाडौं । भारत सरकारले सामुदायिक विकासका सात परियोजना कार्यान्वयन गर्ने

आर्टिफिसियल इन्टेलिजेन्सको अदृश्य लागत – ऊर्जा, पानी र डाटा सेन्टरको बढ्दो दबाब

डिजिटल युगमा आर्टिफिसियल इन्टेलिजेन्स (AI) विश्वव्यापी परिवर्तनको प्रमुख शक्ति बनिरहेको

दुईपाङ्ग्रे एम्बुलेन्स सेवा सञ्चालन गर्दै कामपा

काठमाडौं । काठमाडौं महानगरपालिकाले एम्बुलेन्स सेवालाई वैज्ञानिक, व्यावहारिक र थप

दार्चुलामा झोलुंगे पुल निर्माणका लागि हर्क साम्पाङको श्रमदान अभियान घोषणा

काठमाडौं । सांसद हर्क साम्पाङले दार्चुलामा तुइन विस्थापन गरी झोलुंगे

आज सभामुखको उम्मेदवारी दर्ता, रास्वपाबाट डोलप्रसाद अर्यालको दाबी

काठमाडौं । संघीय संसद् सचिवालयले सार्वजनिक गरेको कार्यतालिकाअनुसार प्रतिनिधिसभाको सभामुख