२० मंसिर २०८२, शनिबार | December 7, 2025

बाबर आजमले दिए कप्तानीबाट राजीनामा



काठमाडौं । पाकिस्तानी क्रिकेट टिमका कप्तान बाबर आजमले राजीनामा दिएका छन् । आजमले सामाजिक सञ्जालमा पाकिस्तान क्रिकेट टोलीको कप्तानीबाट राजीनामा दिएको जानकारी दिएका छन् ।

उनले आफ्नो कप्तानी अनुभव उत्कृष्ट रहेको बताउदै आफ्ना फ्यानहरुलाई धन्यवाद समेत दिएका छन् ।

बाबर आजमले भनेका छन्- ‘म आज तपाईंसँग एउटा समाचार साझा गर्दैछु । मैले पाकिस्तान पुरुष क्रिकेट टोलीको कप्तानीबाट राजीनामा दिने निर्णय गरेको छु । टिमको नेतृत्व गर्नु सम्मानको कुरा हो तर अब मैले पद छोडेर आफ्नो खेलमा ध्यान दिने समय आएको छ ।’

आजमले आफ्नो प्रदर्शनलाई प्राथमिकता बताउदै उनले अब आफ्नो परिवारसँग समय बिताउने समेत लेखेका छन् । उनले भनेका छन्- हामीले सँगै जे हासिल गर्यौं त्यसमा म गर्व गर्छु र एक खेलाडीको रूपमा टोलीमा योगदान गर्न जारी राख्न तत्पर छु ।’

पाकिस्तानले पछिल्लो पटक बंगलादेशविरुद्धको टेस्ट सिरिजमा पहिलो पटक हार बेहोरेको थियो । पाकिस्तानले अक्टोबर ७ देखि घरेलु मैदानमा तीन खेलको टेस्ट सिरिज खेल्ने तालिका रहेको छ ।

प्रकाशित मिति : १६ आश्विन २०८१, बुधबार  १० : ५६ बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल