२५ मंसिर २०८२, बिहिबार | December 11, 2025

कोभिड–१९ नियन्त्रण गर्न फेरि अर्को उच्चस्तरीय समिति गठन



काठमाडौं । सरकारले कोरोना भाइरसको रोकथाम र नियन्त्रण कार्यलाई प्रभावकारी बनाउन उच्चस्तरीय समिति गठन गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले प्रदेश, जिल्ला र स्थानीय तहमा रहेका अस्पतालसँग समन्वय गरी कोभिड–१९ को रोकथाम र नियन्त्रण गर्नका लागि समिति गठन गरेका हुन् ।

मन्त्रालय वा विभागको ११ औं तहका कर्मचारीको संयोकत्वमा राष्ट्रिय स्वस्थ्य तालिम केन्द्रका शाखा अधिकृत र मन्त्रालयकै जनस्वास्थ्य अधिकृत सदस्य रहेको तीन सदस्यीय समिति गठन गरेको हो ।

समितिले प्रदेशमा कोभिड–१९ को रोकथाम र नियन्त्रण गर्न आइपर्ने समस्यालाई प्रदेश, जिल्ला र स्थानीयतहसँग समन्वय गर्ने र कोभिड–१९ बाहेकको अन्य नियमिति सेवा प्रवाह गर्न समन्वय गर्नेछ ।

दुईदेखि तीन हप्ता समय दिइएको समितिले स्थलगत अवस्थाको अध्ययन गरी प्रदेशमा रहेका अस्पताल, स्थानीय तह, प्रदेश स्वास्थ्य कार्यालय, प्रदेश स्वास्थ्य निर्देशनालय, प्रादेशिक प्रयोगशाला, प्रदेश आपूर्ति केन्द्र एवम् सामाजिक विकास मन्त्रालयसँग समन्वय गरी कोभिड–१९ का बिरामीलाई सघन उपचार कक्ष (आइसियु) र भेन्टिलेटरमा व्यवस्था गर्नेछ ।

यस्तै समितिले कन्ट्र्याक्ट ट्रेसिसङलाई प्रभावकारी बनाउन समन्वय गर्ने, नेपाल प्रवेश गर्ने नाकाबाट प्रवेश गर्ने व्यक्तिलाई अनिवार्यरुपमा मापदण्डअनुसार क्वारेन्टिन र होल्डिङ सेन्टरमा राख्ने र अनिवार्य रुपमा पीसीआर परीक्षणको व्यवस्थाको समन्वय गर्नेछ ।

यसैगरी समितिले अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी कोभिड–१९ को सङ्क्रमणमा भई अस्पताल सञ्चालनमा समस्या परे हब तथा सेटलाइट अस्पतालबाट स्वास्थ्यकर्मी तथा अन्य सहयोगी कर्मचारीको व्यवस्थापनमा समन्वय गर्ने बताइएको छ । ्

कोभिड–१९ डेडिकेटेड अस्पतालमा अक्सिजन प्लान्ट निर्माण कार्य यथाशीघ्र गर्नका लागि पलह गर्ने, आइसीयु र भेन्टिलेटरको व्यवस्थापनमा समन्वय गर्ने, एम्बुलेन्स सेवा व्यवस्थापनका लागि समन्वय गर्नेलगायत काम गर्ने गरी समिति गठन गरिएको हो ।

प्रकाशित मिति : ५ भदौ २०७७, शुक्रबार  ९ : ३५ बजे

‘पार्टीमा विद्यमान व्यक्तिवादी चिन्तन अन्त्य गर्न नयाँ नेतृत्व आवश्यक’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले ११औँ राष्ट्रिय महाधिवेशनबाट पार्टीलाई

प्रधानमन्त्रीसमक्ष जेनजी आन्दोलनको क्षतिसम्बन्धी प्रतिवेदन पेस

काठमाडौँ । जेनजी आन्दोलनमा भएको क्षतिको मूल्याङ्कन तथा सार्वजनिक संरचनाको

चुनाव हुन्छ, सही र सक्षम नेतृत्व छनोट गरौं : मन्त्री घिसिङ

वीरगन्ज । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात

मैनाबगर अटोभिलेजमा बृहत सरसफाई

बुटवल । बुटवल अटो इञ्जिनियरिङ एशोसिएसन, रुपन्देही लुम्बिनीले अटो भिलेज