२५ श्रावण २०८३, सोमबार | August 10, 2026

सुपर‌ओभरमा जित निकाल्दै नेपाल-अमेरिकाबीचको टी-२० आई सिरिजको उपाधि एक खेल अगावै नेपाललाई



काठमाडौं । अमेरिकाविरुद्धको टी-२० आई सिरिजमा नेपालले एक खेल अगावै उपाधि जितेको छ । खेल बराबरीमा सकिएपछि नेपालले सुपरओभरमा जित निकाल्दै लगातार दुई खेल जितेर उपाधि चुमेको हो ।

३ रनको लक्ष्य पाएको नेपालले रन बनाउँदै जित निकाल्यो । नेपालको जितका लागि सोमपाल कामीले सुपर ओभरमा दुई विकेट निकाले । त्यसअघि नेपालले दिएको १७१ रनको लक्ष्यमा अमेरिकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १७० रन बनाएको थियो ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धातिर २० ओभरमा ६ विकेट गुमाएर १७० रन बनायो । नेपालका लागि कुशल भुर्तेलले विस्फोटक ब्याटिङ गरे । ५४ बलको सामना गरेका उनले ९२ रन बनाए। त्यसक्रममा भुर्तेलले सात चौका र ६ छक्का प्रहार गरे ।

यस्तै ओपनर अनिल साहले ३१ बलको सामना गर्दै चार चौका र एक छक्काको सहयोगमा २५ रन जोड्दा कप्तान रोहित कुमार पौडेलले १८ रन बनाए ।

मात्र १२ बलको सामना गरेका गुलशन झाले १९ तथा करण केसीले ६ रन बनाए । ओपनर आशिफ शेख १ रनमा एलबीडब्लु धरापमा परे भने दीपेन्द्र सिंह ऐरी २ रनमा क्याच आउट भए । र आरिफ शेख एक रनमा रनआउट भए ।

यता अमेरिकाका लागि नोस्तुज केन्जी र जसदीप सिंहले दुईरदुई विकेट लिँदा सौरभ नेत्रभालकरले एक विकेट लिए । खराब सुरुवात गरेको नेपालले तेस्रो नम्बरमा कुशल भुर्तेल क्रिजमा आएपछि आक्रामक अग्रता लिएको थियो ।

प्रकाशित मिति : ४ कार्तिक २०८१, आइतबार  ९ : ५१ बजे

एकै दिन ४१ विपद्का घटना

काठमाडौं । साउन २३ गते बिहान १०ः०० देखि २४ गते

लुम्बिनीमा आरोग्य पर्यटन प्रवद्र्धन अभियान

रूपन्देही । लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवद्र्धन अभियान

प्रकृति, संस्कृति र इतिहासले सजिएको मर्स्याङ्दीमा पर्यटनको सम्भावना

लमजुङ । कलकल बग्ने मर्स्याङ्दी नदी, हरियाली डाँडाकाँडा, हिमाली दृश्य,

झापामा एक वर्षमा ५१ किलोमिटर सडक कालोपत्र

झापा । जिल्ला पूर्वाधार विकास कार्यालयले गत आर्थिक वर्षमा ५१

व्यावसायिक कफीखेतीमा रमाउँदै ‘देवीराम’

भोजपुर । भोजपुरको षडानन्द नगरपालिका-११ झ्याउपोखरीका किसान देवीराम चौलागाईँ यतिबेला