२० मंसिर २०८२, शनिबार | December 6, 2025

पर्यटनमन्त्रीले बोलाएको पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को बैठक स्थगित



काठमाडौँ । पशुपति गौशाला धर्मशालाको विवादका बारेमा छलफल गर्न बोलाइएको पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को बैठक उच्च अदालत पाटनमा यसबारेमा मुद्दा विचाराधीन रहेको भन्दै स्थगित गरिएको छ । कोष सञ्चालक परिषद्का अध्यक्षको हैसियतले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको आह्वानमा आइतबार बिहानका लागि डाकिएको बैठक उच्च अदालत पाटनमा यसबारेमा मुद्दा विचाराधीन रहेको भन्दै स्थगित भएको हो ।

धर्मशालाको मुद्दा उच्च अदालतमा विचाराधीन रहेकाले बैठक स्थगित भएको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए ।

कात्तिक २ गते गौशाला धर्मशाला विवादमा उच्च अदालत पाटनका न्यायाधीश डालकुमार खड्काको एकल इजलासले पहिलो सुनुवाइ गर्दै अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । काठमाडौँ महानगरपालिकाले धर्मशालाबाट हटाउने खोजेको र उक्त कार्य असंवैधानिक भएको दाबी गर्दै माडवाडी सेवा समितिका तर्फबाट पशुपति क्षेत्र विकास कोषसमेत १५ जनालाई विपक्षी बनाउँदै रिट दायर भएको थियो ।

जसअनुसार उच्च अदालत पाटनले धर्मशालाबाट तत्कालका लागि सामान हटाउने र खाली गराउने लगायतका कार्य नगर्न काठमाडौँ महानगरपालिका र पशुपति विकास कोषको नाममा आदेश जारी गरेको छ । उक्त मुद्दामा अन्तरिम आदेशका लागि छलफल गर्न सोमबारका लागि पेसी तोकिएको छ ।

यसअघि कोषले काठमाडौँ महानगरपालिकालाई धर्मशाला व्यवस्थापन गर्ने गरी सहमति गरेको थियो । त्यसअनुसार महानगरपालिकाले धर्मशाला प्रवेश गर्न खोज्दा मारवाडी समितिले रोकेर विरोध जनाउँदै आएको छ ।

 

प्रकाशित मिति : ४ कार्तिक २०८१, आइतबार  १० : ३७ बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल