३१ जेष्ठ २०८३, आइतबार | June 14, 2026

एकीकृत समाजवादी एक्लै चुनाव लड्न सक्षम छ : अध्यक्ष नेपाल



कोहलपुर । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एकीकृत समाजवादी एक्लै चुनावमा जान सक्षम रहेको बताएका छन् । बाँकेको कोहलपुरमा नगर स्तरिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एकीकृत समाजवादी आगामी निर्वाचनमा एक्लै निर्वाचन लड्न सक्षम रहेको बताएका हुन् । उनले कसैसँग पार्टी एकीकरण वा कुनै पार्टीमा समाहित हुने कुरा निराधार भएको बताए ।

उनले एकीकृत समाजवादी पार्टी जनताको पार्टी भएकोले जनताको बीचमै जनताको समस्या साथमा लिएर अगाडी बढ्ने स्पष्ट पारे । उनले सरकारले बाढिपहिरोमा परेका नागरिकलाई सुरक्षीत ब्यवस्थापन र उद्धार गर्न पूर्णरुपमा असक्षम भएको आरोप लगाउँदै अहिलेको सरकार अधिनायकवादी भएको बताए । ‘दशैं गयो, दशैंमा त सरकारको बुद्धि पलाएन, शुभ दिपावलीले सरकारलाई सकारात्मक काम गर्नतिर सदबुद्धि बलावस् ।’ उनले भने ।

कोहलपुर नगर कमिटीका ईन्चार्ज बिष्णु पोख्रेलले कार्यक्रममा अध्यक्ष नेपाललाई स्वागत गरेका थिए । देशब्यापी संगठन विस्तार तथा संगठन सुदृढिकरणका क्रममा अध्यक्ष नेपाल कोहलपुर पुगेका हुन् ।

प्रकाशित मिति : ४ कार्तिक २०८१, आइतबार  ९ : ४३ बजे

सुनचाँदीको मूल्य आज पनि बढ्यो, तोलामा कति ?

काठमाडौं । नेपाली बजारमा आइतबार पनि सुनचाँदीको मूल्यमा वृद्धि भएको

रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित

घोराही । राष्ट्रिय स्वतन्त्र पार्टीको लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे

राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छ : कांग्रेस सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीतिलाई सेवाको प्रतीकका

बुटवलमा ‘रिभोलुसन डान्स प्रतियोगिता २०८३’ हुने, विजेताले पाउनेछन् ५५ हजार बढी नगद

बुटवल । युवा प्रतिभाको प्रस्फुटन तथा नृत्यकलाको प्रवर्द्धन गर्ने उद्देश्यले

स्थानीय र प्रदेशसभा निर्वाचनका लागि एमालेको ‘मिसन जागरण अभियान’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले स्थानीय र प्रदेश तहको