२० चैत्र २०८२, शुक्रबार | April 4, 2026

सरकार छिटोछिटो परिर्वतन हुँदा कानून निर्माणको काम पनि प्रभावित भयो : उपाध्यक्ष घिमिरे



नवलपरासी । राष्ट्रिय सभाकी उपाध्यक्ष विमला घिमिरेले सरकार छिटोछिटो परिर्वतन हुँदा कानून निर्माणको काम पनि प्रभावित भएको बताएकी छन् । सुनवल नगरपालिकामा आयोजित कार्यक्रममा बोल्दै उपाध्यक्ष घिमिरेले सरकार र मन्त्री परिर्वतन छिटोछिटो हुँदा बिद्येयक अघि बढाउनै नसकिएको बताएकी हुन् ।

संविधान अनुसार बाझिएका कानूनहरु निर्माणका लागि सरकारको ध्यानाकर्षण गराउन राष्ट्रिय सभाले पटक पटक ध्यानाकर्षण गराएको चर्चा गर्दै उपाध्यक्ष घिमिरे संसदको आगामी हिउँदे अधिवेशनबाट धेरै बिद्येयक पास हुने बिश्वास ब्यक्त गरिन्। ब्यबस्थापिकाका तर्फबाट हामीले छिटोछिटो अत्यावश्यक कानून बनाउनका लागि बिद्येयक अघि बढाउन सरकारलाई आग्रह गर्छौ’, उनले भनिन् ‘छिटोछिटो सरकार संगै मन्त्री परिर्वतन हुँदा बिद्येयक नै अघि बढ्न सकिरहेका छैनन, जसले गर्दा अत्यावश्यक कानून निर्माणको काम पनि प्रभावित बन्न पुगेको छ ।’

समितिमा अड्किएका बिद्येयकहरुलाई छिटो टुंगोमा पुर्यापउनका लागि केही दिन पहिले राष्ट्रिय सभाका अध्यक्ष र आफुले सम्बन्धित समितिका सभापतिहरु संग छलफल गरेको बताउँदै उनले प्रतिनिधीसभाको तुलनामा राष्ट्रिय सभामा आएका बिद्येयकहरु छिटो टुंगोमा पुग्दै आएको दाबी गरिन् ।

उनले मुलुकमा केही समयदेखि बढी रहेको अराजकता प्रति चिन्ता ब्यक्त गर्दै अराजकता सृजना गर्ने जो भए पनि कारवाहीको दायरामा ल्याउन आवश्यक रहेको बताइन् । तीनै तहका सरकारले आफुलाई जनताको सेवामा समर्पित गर्दा अहिलेको अराजकता हटेर जान सक्ने उनको भनाई छ । जनतामा बढी अपेक्षा हुने र सरकारले त्यस अनुरुप काम गर्न नसक्दा बढेको असन्तुष्टिलाई अराजकताबादीले भड्काउने प्रयास गर्न सक्ने तर्फ सचेत हुन आग्रह पनि उनले आग्रह गरिन् ।

उनले सहकारीमा वचतकर्ताको रकम डुब्ने र ऋणीले फिर्ता नगरेपनि हुन्छ भन्ने अवस्थाको अन्त्य गर्दा धेरै बचतकर्तालाई राहत हुन सक्ने औंल्याइन् । बचतकर्ताले बचत डुब्ने डरमा नियमित बचत छाड्ने र ऋण असुली नहुने समस्याको हल खोज्न सरकारले पहल गरिरहेको बताउँदै उपाध्यक्ष घिमिरेले त्यसलाई छिट्टै परिणाममुखी बनाउन आग्रह पनि गरिन् ।

उपाध्यक्ष घिमिरे सुनवल नगरपालिकाको सहयोगमा बाल नगर सञ्जालले आयोजना गरेको दिपावली तथा छठ पर्वको शुभकामना आदनप्रदान कार्यक्रममा सहभागी भइन् भने नवलपरासी बर्दघाट सुस्तार्पुवमा पर्ने विनयत्रिबेणी गाउँपालिका स्थित प्रसिद्ध त्रिबेणी धाम र सुस्ता जोड्ने झोलुंगे पुलको पनि अवलोकन गरिन् । सो अवसरमा स्थानीयबासी र जनप्रतिनिधीले निर्माणाधिन नारायणगढ बुटवल सडकको काम छिटो सम्पन्न गराउन ध्यानाकर्षण समेत गराएका थिए ।

प्रकाशित मिति : १५ कार्तिक २०८१, बिहिबार  ११ : ०१ बजे

यातायात व्यवस्था कार्यालय नेपालगन्जबाट ९ जना बिचौलिया प्रहरी नियन्त्रणमा

नेपालगन्ज । यातायात व्यवस्था कार्यालय, नेपालगन्जबाट सेवाग्राहीबाट पैसालिएर मध्यस्तता गरिदिने

एमाले सचिवालय बैठक : ‘बादल’को वक्तब्य सच्याइयो, प्रधानमन्त्रीलाई औपचारिक बधाई

काठमाडौँ । नेकपा (एमाले) गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा

यूएईको अबुधाबीमा क्षेप्यास्त्रका भग्नावशेष खस्दा सात नेपाली घाइते

काठमाडौं । संयुक्त अरब इमिरेट्स यूएईको राजधानी अबुधाबीमा क्षेप्यास्त्रका भग्नावशेष

नापी कार्यालय भैरहवाबाट दुई जना विचौलिया पक्राउ

भैरहवा । नापी कार्यालय भैरहवा परिसरबाट प्रहरीले दुई जना विचौलियालाई

दोस्रो सौभाग्य कपमा विजयी हुदै सम्पूर्ण क्लब क्वाटरफाईनलमा प्रवेश

बुटवल । सहिद प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य गोल्डकप २०८२