२० फाल्गुन २०८२, बुधबार | March 4, 2026

संयुक्त सरकार बनेपछि पार्टी पंक्ति खुसी : सभापति देउवा



भक्तपुर । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त सरकार बनेपछि पार्टी पंक्ति खुसी रहेको बताएका छन् । आज नेपाली कांग्रेस जिल्ला कार्यसमिति भक्तपुरले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै सभापति देउवाले वर्तमान सरकारलाई सफल बनाउन कांग्रेस लाग्ने र सहमतिअनुसार नै सरकार सञ्चालन हुने बताए ।

उनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले एक सय दिनमा राम्रो काम गरेको दाबी गर्दै प्रधानमन्त्रीले आगामी दिनमा राम्रा काम गर्दै जाने बिश्वास ब्यक्त गरे । उनले कांग्रेस सरकारमा भएकाले मात्र राम्रो काम भएको नभई प्रधानमन्त्री ओलीले साँचै राम्रो काम गरेको बताए ।

सभापति देउवाले आलोचनालाई आफुले खराब नमानेको बताउँदै आलोचनालाई तथ्यपरक ढङ्गले सरकारले ध्यान दिने जनाए । सरकारलाई आइपर्ने समस्या समाधानका लागि आफ्नो तर्फबाट पुरापूर सहयोग रहने उनले बताए । विपक्षीबाट आएका आलोचनालाई पनि गम्भीरताका साथ लिएर अहिलेको सरकारले परिणाममुखी काम गरेर देखाउनु पर्ने देउवाको भनाई छ ।

तथा जय नेपाल भक्तपुर स्मारिका लोकार्पणका अवसरमा उनले सरकारलाई पार्टीको तर्फबाट कुनै किसिमको अवरोध नहुने समेत उल्लेख गरे ।

उनले नेमकिपाका नेता नारायणमान बिजुक्छें प्रति लक्षित गर्दै भक्तपुरमा जे पनि गर्न पाइन्छ भन्ने सोँच त्याग्न बिजुक्छेंलाई सुझाए । ‘भक्तपुरमा नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ हुनुहुन्छ, जिल्लाका सबै पार्टीलाई मिलाएर लैजानु पर्ने उहाँको पनि दायित्व हो, भक्तपुर मात्रै हाम्रो हो भन्ने ठान्नुभएन र भक्तपुरमा जे पनि गर्न पाइन्छ भन्न पनि पाइदैन ।’ देउवाले भने ।

प्रकाशित मिति : १७ कार्तिक २०८१, शनिबार  ६ : ४१ बजे

प्रत्यक्षतर्फको मतपरिणाम २४ घण्टाभित्र दिने तयारी

काठमाडौँ । निर्वाचन आयोगले मतगणना सुरु भएको २४ घन्टाभित्र प्रत्यक्षतर्फको

कोशी प्रदेशमा निर्वाचन सुरक्षा मजबुत

काठमाडौं । यसपटकको निर्वाचनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा चर्चामा रहेका

भोलि निर्वाचनका दिन कतै पनि वर्षा नहुने

काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले

छ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने

काठमाडौं । बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न मतदाता

विशिष्ट पदाधिकारी, दलका नेता र लब्ध प्रतिष्ठित व्यक्तिले कहाँबाट गर्दैछन् मतदान ?

काठमाडौं । प्रतिनिधिसभा सदस्यको भोलि फागुन २१ गते हुने निर्वाचनका