३ चैत्र २०८२, मंगलबार | March 17, 2026

धार्मिक महोत्सव पूर्व नै बैकुण्ठधामका लागि ४८ लाख बढी दान प्राप्त



नेपालगन्ज । बाँकेमा ब्यवस्थित दाहसंस्कारस्थलको परिकल्पनाका साथ प्रस्ताव गरिएको बैकुण्ठधाम सिधनियाघाट निर्माणका लागि सहयोग जुट्ने अभियानले  निरन्तरता पाएको छ । बैकुण्ठधाम निर्माणका लागि आगामी २२ गतेबाट नेपालगन्जमा धार्मिक महोत्सवको आयोजना गरिने भएपनि महोत्सव सुरुहुनु पूर्व नै धमाधम दाताहरुले दान दिन सुरु गरेका छन् ।

आज मात्र बैकुण्ठधाम निर्माणका लागि कोहलपुरबाट रम्भा शर्माबाट १० लाख ११ हजार हस्तान्तरण गरेकी छन् । उनले बैकुण्ठधाम सिधनियाघाट निर्माणमा टेवा पुगोस भन्ने उद्देश्यले महोत्सव पूर्व चेक पठाएको महोत्सव मुल आयोजक समितिका आर्थिक उपसमितिका संयोजक कृष्णप्रसाद श्रेष्ठले जानकारी दिए । आजै नेपालगन्जकी सुशिला शर्माले पनि महोत्सवको सचिवालय पुगेर बैकुण्ठधाम निर्माणका लागि ५ लाख ५५ हजार ५५५ रुपैयाँको चेक हस्तान्तरण गरेकी छन् । उनले मुल समितिका संयोजक डा. सुरेशकुमार कनोडियालाई चेक हस्तान्तरण गरेकी हुन् ।

धार्मिक महोत्सव सुरुहुनु पूर्व नै धमाधम दाताहरुले दान दिन थालेको संयोजक श्रेष्ठले बताए । उनका अनुसार अहिलेसम्ममा ४८ लाख ८४ हजार रकम संकलन भइसकेको छ । त्यसमध्य अधिकांस रकम बैकुण्ठधामको खातामा जम्मा भइसकेको उनले जानकारी दिए । बैकुण्ठधामका लागि मुल समितिका संयोजक डा कनोडियाले १० लाख १ सय १ रुपैयाँ दान गरेका छन् भने कमल कार्कीबाट १ लाख ५१ हजार १५१, राजमन मित्रबाट १ लाख ११ हजार १११, विमल डाँगीबाट १ लाख, संजीव बस्नेतबाट १ लाख १ हजार रुपैयाँ दान प्राप्त भएको श्रेष्ठले जानकारी दिए ।

त्यसैगरि केशवराम बर्माबाट १ लाख ११ हजार १११ र डा. गोपाल प्रसाद शर्माबाट ५१ हजार १०१ प्रदान भएको उनले बताए । उनले धेरै दाताहरुले सचिवालयमा आएर आर्थिक सहयोग गरेको र त्यो क्रम निरन्तर रहेको बताए । महोत्सवको घोषणा भए लगत्तै डा. बद्री चापागाईँले ५ लाख ५५ हजार ५५५ रुपैयाँ प्रदान गरेर आर्थिक संकलनको आरम्भ गरेका थिए ।

दान गरेका दाताहरुलाई पूर्व निर्धारित कार्यक्रम अनुसार धार्मिक महोत्सवमा सम्मान र अभिनन्दन गरिने मुल समितिका महासचिव श्रीराम सिग्देलले बताए । यही कार्तिक २२ गतेबाट ३० गते सम्म बाचन शिरोमणीको उपाधि पाएका पं दीनबन्धु पोखरेलबाट संगीतमय भागवत बाचन सहित धार्मिक महोत्सवको आयोजना हुने महासचिव सिग्देलले बताए ।

प्रकाशित मिति : १९ कार्तिक २०८१, सोमबार  ७ : २९ बजे

पृथ्वी राजमार्ग विस्तार : अझै करिब १०० बिजुलीका पोल सार्न बाँकी

धादिङ । पृथ्वी राजमार्ग विस्तारका काममा सडक दायाँवायाँ बिजुलीका पोल

अमेरिकी विमानवाहक युद्धपोतमा ३० घण्टासम्म आगलागी

काठमाडौं । अमेरिकाको सबैभन्दा ठूलो विमानवाहक युद्धपोत यूएसएस गेराल्ड आर

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पर्यटक सूचना केन्द्र

पोखरा । नेपाल पर्यटन बोर्डले पोखरा अन्तराष्ट्रिय विमानस्थल, नागरिक उड्डयन

हुरीबतासबाट रुख ढलेर उदयपुरमा दुई जनाको मृत्यु, छ घाइते

उदयपुर । उदयपुरको कटारी नगरपालिका–५ र ८ मा हुरीबतासबाट दुई

रुपातालमा १० हजार जातका माछाका भुरा छाडियो

कास्की । कास्कीको लेखनाथस्थित रुपातालमा विभिन्न जातका १० हजार माछाका