१५ असार २०८३, सोमबार | June 29, 2026

वैकुण्ठधाम आध्यात्मिक महोत्सव जारी : कथा वाचनको तेस्रो दिन दाताले गरे ३० लाख दान



नेपालगन्ज । प्रस्तावित वैकुण्ठधाम सिधनियाघाट निर्माणको सहयोगार्थ नेपालगन्जमा जारी वैकुण्ठधाम आध्यात्मिक महोत्सवमा भक्ताहरुको उपस्थिती बढ्नुका साथै दान पा्रप्त हुने क्रम पनि बढ्दै गएको छ । कथा वाचनको तेस्रो दिन ३० लाख बढी दान प्राप्त भएको महोत्सव आयोजक समितिले जनाएको छ । आजको कथा वाचनमा नेपालगन्ज सहित यस आसपासका स्थानीय पालिकाबाट पनि संस्थागत सहभागिता रहेको थियो ।

वाचन शिरोमणी पं दीनबन्धु पोखरेलको प्रमुख वाचनमा जारी आध्यात्मिक महोत्सवको तेस्रो दिनमा ३० लाख बढी आर्थिक संकलन भएको आर्थिक संयोजक कृष्णप्रसाद श्रेष्ठले जानकारी दिए ।

आजपनि पंडित पोखरेलको प्रवचनका बीचमा उँहाको संगीत मण्डलीबाट विभिन्न आलङ्कारिक नाट्य प्रदर्शन गरेकोे थियो । भागवत कथामा आधारित नाट्य मञ्चनलाई सहभागीबाट तालिका गडगडाहटले स्वागत र सम्मान गरेका थिए ।

आर्थिक समितिले दिएको जानकारी अनुसार आजको कथा प्रवचनका बीच कोहलपुरकी खुमा अर्यालबाट १० लाख ११ हजार रुपैयाँ दान गर्नु भएको छ भने नेपालगन्ज १२ की सुशिला शर्माले ५ लाख ५ हजार वैकुण्ठधाम निर्माणका लागि प्रदान गरेका छन् । त्यसैगरि रुपन्देहीको बुटवल स्थायी घर बस्नुहुने नेपालगन्जका प्रसिद्ध चिकित्सक डा. रमेश कुमार श्रेष्ठबाट ४ लाख १० हजार, नेपालगन्ज ९ का रामचन्द्र आचार्यबाट २ लाख ५५ हजार ५५५ रुपैयाँ, नेपालगन्ज १० भृकुटीनगरका डा. लक्ष्मण सिग्देलबाट १ लाख १ हजार १११ रुपैयाँ, नेपालगन्ज ६ की निरु रेग्मीबाट १ लाख ११५ रुपैयाँ दान गर्नु भएको आर्थिक संयोजक श्रेष्ठले बताए ।

वैकुण्ठधामको निर्माणमा आफ्नो सहभागिता जनाउँदै नेपालगन्ज घर भएर हाल बेलायत बस्दै आएकी प्रान्जली बस्नेतबाट १ लाख १ हजार, नेपालगन्जका पुराना अधिवक्ता गिरिवर अग्रवालबाट ५१ हजार रुपैयाँ, नेपालगन्ज घर भइ हाल बेलनायत बस्दै आएकी करुणा शाहीले ३५ हजार १०० रुपैयाँ, जेष्ठ नागरिक सञ्जालबाट २५ हजार ५५५ रुपैयाँ, कन्हैयालाल टण्डनबाट २५ हजार रुपैयाँ, नेपालगन्ज १८ का पूर्णदेव गिरीबाट २५ हजार रुपैयाँ र नेपालगन्जका बखत थापाबाट २५ हजार १०० रुपैयाँ दान प्राप्त भएको आर्थिक संयोजक श्रेष्ठले बताए । आजैमात्र तुलादानबाट २१ हजार र ब्रतबन्धबाट १० हजार २०० आम्दानी भएको उनले बताए ।

सिधनियाघाटमा दाहसँस्कार गर्ने घाटसहितको संरचना निर्माण गर्ने उद्देश्यका साथ आध्यात्मिक महोत्सव सुरु भएको हो । उक्त आध्यात्मिक महोत्सव कात्तिक ३० गतेसम्म सञ्चालन हुनेछ । महोत्सव सञ्चालनका क्रममा हरेक दिन दाताहरुबाट प्राप्त भएको दानलाई सार्वजनिक गरिने मुल समितिका कोषाध्यक्ष श्रेष्ठले बताए । उनले वैकुण्ठधाम निर्माणका लागि दान गर्न चाहनेहरुका लागि महोत्सवस्थलमा क्युआर, नगदी रसिद र बैंक खाता उपलब्ध गराइएको बताए ।

महोत्सव अवधिको हरेक दिन बिहान ५ बजेदेखि ६ः३० बजेसम्म योगा, ८ बजेबाट १० बजेसम्म पूजाअर्चना र पाठपारायण, १ बजेदेखि झाँकीसहित सङ्गीतमय भागवत कथा प्रवचन, त्यसलगत्तै आरती र पुष्पाञ्जली, ७ः१५ देखि ९ बजेसम्म भजन कीर्तनसहितको श्रीमद्भागवत महात्म्य वाचन हुने मुल समितिका संयोजक डा. सुरेश कुमार कानोडियाले जानकारी दिए ।

महोत्सवमा इच्छुक श्रद्धालु भक्तजनबाट ब्रतबन्ध, लाखबत्ती प्रज्वलन, तुलादान, भूमिदान, गौदान, चौरासीपूजा गर्न गराउन सक्ने व्यवस्था मिलाइएको मुल समितिका महासचिव श्रीराम सिग्देलले बताए ।

महोत्सवबाट संकलन भएको रकमबाट बाँकेको डुडुवा ५ सिधनियाघाटमा आधुनिक सुबिधासम्पन्न दाहसंस्कार स्थल (वैकुण्ठधाम) निर्माण गर्ने आयोजकको लक्ष्य रहेको छ । धामलाई स्तरउन्नती गर्दै विद्युतिय दाहसंस्कार समेत निर्माण गर्ने योजना रहेको संयोजक कानोडियाले बताए ।

 

प्रकाशित मिति : २५ कार्तिक २०८१, आइतबार  ५ : ५८ बजे

पर्यटन प्रवद्र्धन र युवा-मैत्री नीति बनाउन होटल व्यवसायीको आग्रह

बुटवल । रुपन्देहीका होटल व्यवसायीहरूले पर्यटन क्षेत्रलाई चलायमान बनाउन र

विष्णु पौडेललाई पुनः म्याद थपका लागि विशेष अदालतमा उपस्थित गराइयो

काठमाडौं । पूर्वमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति

मंगलाघाटमा बस्ती संरक्षण योजना कार्यान्वयमा

म्याग्दी । म्याग्दी नदीको बाढी र कटानको जोखिममा रहेको बेनी

असार १५ : जुजु धौको माग उच्च

भक्तपुर । आज असार १५, नेपाली संस्कृति र परम्पराअनुसार आजको

राष्ट्रिय धान दिवस : ‘ड्रोन’ मार्फत मल छरेर ‘मेसिन’ मार्फत रोपियो धान

पाटन । ‘ड्रोन’ मार्फत मल छरेर ‘मेसिन’ मार्फत धान रोप्दै