१४ भदौ २०८३, आइतबार | August 31, 2026

वैकुण्ठधाम आध्यात्मिक महोत्सव : शिलालेखमा नाम लेखाउन दानकर्ताको संख्या बढ्यो

कथा वाचनको चौथो दिन ३० लाख बढी संकलन



नेपालगन्ज । प्रस्तावित वैकुण्ठधाम सिधनियाघाट निर्माणको सहयोगार्थ नेपालगन्जमा जारी वैकुण्ठधाम आध्यात्मिक महोत्सवमा शिलालेखमा नाम लेखाउने दाताहरुको संख्या उल्लेख्य थपिएका छ । आयोजक समितिबाट २५ हजारको दान रकमबाट घटाएर ११ हजार बढी दान गर्नेहरुको नाम शिलालेखमा राख्ने निर्णय भएसँगै यस अघि दान गरेकाहरुबाट दान रकम बढाउने र शिलालेखमा लेखिने बराबरको दान गर्नेहरुको संख्या बढेको हो ।

कथा वाचनको चौथोे दिन ३० लाख बढी दान संकलन भएको महोत्सव आयोजक समितिले जनाएको छ । आजको कथा वाचनमा नेपालगन्जका स्थानीय बैश्य, मारवाडी र मधेशका स्थानीयबासीको उल्लेख्य उपस्थिती रहेको थियो

वाचन शिरोमणी पं दीनबन्धु पोखरेलको प्रमुख वाचनमा जारी आध्यात्मिक महोत्सवको चौथो दिन महोत्सवमा संगीतमय कलाकार टोलीबाट कृष्ण जन्मोत्सव र रामको वनबासको नाट्य प्रदर्शन गरेका थिए । राम वनबासमा भरतको विलापको नाट्य प्रदर्शनमा उपस्थित दर्शनार्थीहरुको आँखाबाट आँसु खसेका थिए ।

आजपनि पंण्डित पोखरेलको प्रवचनका बीचमा उनको संगीत मण्डलीबाट विभिन्न आलङ्कारिक नाट्य प्रदर्शन गरेकोे थियो । भागवत कथामा आधारित नाट्य मञ्चनलाई सहभागीबाट तालिका गडगडाहटले स्वागत र सम्मान गरेका थिए ।

आर्थिक समितिले दिएको जानकारी अनुसार कथा प्रवचनका बीच नेपालगन्जका प्रतिस्थित कम्प्युटर व्यवसायी संजय थापाबाट ५ लाख ५५ हजार ५५५ रुपैयाँ तथा नेपालगन्जका अर्का व्यवसायी लोकेन्द्र अर्यालले ५ लाख ६६ हजार ६६६ रुपैयाँ दान गरे । वैकुण्ठधाम निर्माणका लागि भन्दै आजै नेपालगन्जका व्यवसायी सन्तोष कुमार कानोडियाबाट ३ लाख १ हजार १११ रुपैयाँ, राजेश कुमार गुप्ताबाट १ लाख ५१ हजार १११, श्यामसुन्दर अधिकारीबाट १ लाख ११ हजार १११ रुपैयाँ, वरिष्ठ अधिवक्ता लोकबाहदुर शाहबाट १ लाख ११ हजार १११ रुपैयाँ प्रदान भएको आर्थिक संयोजक कृष्णप्रसाद श्रेष्ठले बताए ।

त्यसैगरि निलबहादुर शाक्यबाट ५१ हजार १११, जगतदेबी खड्काबाट २५ हजार १०५ दान गरेको श्रेष्ठले बताए । केही दानकर्ताहरुले दानको प्रतिबद्धता व्यक्त गरेको र अधिकांस दाताहरुबाट नगद, चेक र क्युआरबाट दान प्रदान गरेको उनले बताए ।

सिधनियाघाटमा दाहसँस्कार गर्ने घाटसहितको संरचना निर्माण गर्ने उद्देश्यका साथ आध्यात्मिक महोत्सव सुरु भएको हो । उक्त आध्यात्मिक महोत्सव कात्तिक ३० गतेसम्म सञ्चालन हुनेछ । महोत्सव सञ्चालनका क्रममा हरेक दिन दाताहरुबाट प्राप्त भएको दानलाई सार्वजनिक गरिने मुल समितिका कोषाध्यक्ष श्रेष्ठले बताए । उनले वैकुण्ठधाम निर्माणका लागि दान गर्न चाहनेहरुका लागि महोत्सवस्थलमा क्युआर, नगदी रसिद र बैंक खाता उपलब्ध गराइएको बताए ।

महोत्सव अवधिको हरेक दिन बिहान ५ बजेदेखि ६ः३० बजेसम्म योगा, ८ बजेबाट १० बजेसम्म पूजाअर्चना र पाठपारायण, १ बजेदेखि झाँकीसहित सङ्गीतमय भागवत कथा प्रवचन, त्यसलगत्तै आरती र पुष्पाञ्जली, ७ः१५ देखि ९ बजेसम्म भजन कीर्तनसहितको श्रीमद्भागवत महात्म्य वाचन हुने मुल समितिका संयोजक डा. सुरेश कुमार कानोडियाले जानकारी दिए ।

महोत्सवमा इच्छुक श्रद्धालु भक्तजनबाट ब्रतबन्ध, लाखबत्ती प्रज्ज्वलन, तुलादान, भूमिदान, गौदान, चौरासीपूजा गर्न गराउन सक्ने व्यवस्था मिलाइएको मुल समितिका महासचिव श्रीराम सिग्देलले बताए ।

महोत्सवबाट संकलन भएको रकमबाट बाँकेको डुडुवा ५ सिधनियाघाटमा आधुनिक सुबिधासम्पन्न दाहसंस्कार स्थल (वैकुण्ठधाम) निर्माण गर्ने आयोजकको लक्ष्य रहेको छ । धामलाई स्तरउन्नती गर्दै विद्युतिय दाहसंस्कार समेत निर्माण गर्ने योजना रहेको संयोजक कानोडियाले बताए ।

 

प्रकाशित मिति : २६ कार्तिक २०८१, सोमबार  ६ : ५७ बजे

सप्तकोशीमा पानीको बहाव बढ्यो, ब्यारेजका २२ ढोका खोलिए

सुनसरी । सप्तकोशी नदीमा जलसतह निरन्तर बढेपछि कोशी ब्यारेजका २२

अन्तहीन पर्खाइ : शवगृहका ढोकाहरूमा आफन्तको शव खोज्दै बाढीपीडित परिवार

चितवन । “त्यो बिहान ८ः४४ मिनेट जाँदा फोनमा कुरा हुँदै

भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन

काठमाडौँ । भारतीय सुरुङ उद्धार टोलीले आज चिलिमे र लाङटाङ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पाँच अर्ब २४ करोड सङ्कलन

काठमाडौँ । बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी

नेपालगन्ज उद्योग वाणिज्य संघको नवनिर्वाचित कार्यसमितिको शपथ तथा पदभार

नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारी र कार्यसमिति