७ श्रावण २०८३, बिहिबार | July 23, 2026

पूर्वप्रधानमन्त्री खनालद्वारा पूर्वसभामुख ढुङ्गानाको निधनप्रति दुःख प्रकट



काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधनप्रति दुःख प्रकट गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।

नेता खनालले जारी गरेको विज्ञप्तिमा ढुङ्गानाले लोकतन्त्रको स्थापना, मानव अधिकारको रक्षा, शान्ति प्रक्रियामा निर्वाह गरेको भूमिकाको स्मरण गरिएको छ ।

पूर्वप्रधानमन्त्री खनालले संसदीय अभ्यासलाई सबल बनाउन संसद् प्रतिपक्षको, सरकारले प्रतिपक्षको कुरा सुन्नुपर्छ भन्ने मान्यता स्थापित गरेका ढुङ्गानाको निधनको खबरले आफू स्तब्ध भएको उल्लेख गरेका छन् ।

उनले विसं २०४७ को संविधान निर्माणमा क्रममा संविधान सुझाव आयोगका सदस्यको भूमिका निर्वाह गरेका ढुङ्गानाले शान्ति स्थापनामा पनि पुर्याएको योगदानको स्मरण गरेका छन्

ढुङ्गानाको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा ८३ वर्षको उमेरमा आइतबार निधन भएको हो । मानव अधिकारकर्मी तथा नागरिक समाजका अगुवा ढुङ्गाना कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत थिए। उनको आज अन्त्येष्टि गरिने जनाइएको छ ।

प्रकाशित मिति : ३ मंसिर २०८१, सोमबार  ९ : ०२ बजे

सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा, कालो बजारीको रकम फिर्ता गराइयो

सुर्खेत । सुर्खेतमा खाना पकाउने ग्यासको अभाव भएपछि उपभोक्तामा चुलो

तिलोत्तमाबाट ठुलो परिमाणको ब्राउनसुगर सहित १ जना पक्राउ

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका ९ मंगलापुरबाट ठुलो परिमाणको लागुऔषध

अन्दाज र परीक्षणको भरमा राज्य सञ्चालन गरिए देश ठप्प अवस्थातर्फ उन्मुख हुन सक्छ : राजेश हमाल

काठमाडौं । अभिनेता राजेश हमालले राजनीतिक भविश्यबाणी गर्दै ‘देश ठप्प

बाँकेमा वाम दलहरुले संयुक्तरुपमा मनाए पुष्पलाल स्मृति दिवस

नेपालगन्ज । बाँकेमा क्रियाशील वाम दलहरुले संयुक्तरुपमा नेपाल कम्युनिस्ट पार्टीका

४२ करोडको बैंकिङ कसुर प्रकरण : व्यवसायी शंकरलाल अग्रवाल पुर्पक्षका लागि थुनामा

काठमाडौं। उच्च अदालत पाटनले बैंकिङ कसुरको मुद्दामा प्रतिवादी बनाइएका व्यवसायी