७ श्रावण २०८३, बिहिबार | July 23, 2026

रास्वपाले पार्टी एकता र आन्तरिक छलफललाई थप व्यवस्थित बनाउने



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको सङ्कटको समयमा पार्टी एकता र आन्तरिक छलफललाई थप व्यवस्थित बनाउने विषयमा छलफल गरेको छ ।

रास्वपाको केन्द्रीय कार्यालय चमतीमा आज साँझ आकस्मिक केन्द्रीय समितिको बैठक बसेको थियो । पार्टीको दोस्रो चरणको कार्यक्रम तय गर्ने विषयमा खास निष्कर्समा पुग्न नसकेको र बैठक पुनः भोलि दिउँसो ३ बजेका लागि निर्धारण गरिएको कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।

पार्टीको आन्तरिक संवाद र एकतालाई थप मजबुत बनाइराख्न समेत बैठक बसेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए । “सङ्कटको समयमा संवादहीनताले पनि थप सङ्कट निम्ताउन सक्छ । त्यसैले विशेषत यसबेला भेटघाट बढाउनका लागि बैठक बसेका हौँ”, कार्यवाहक प्रवक्ता झाले भने ।

बैठक यही मङ्सिर ८ गतेदेखि पार्टीको दोस्रो चरणको कार्यक्रमका विषयमा आन्दोलन मूल समितिले तयार गरेको ‘मोडालिटी’ प्रस्ताव प्रस्तुत गरेको थियो । उक्त विषयमा पार्टीका केन्द्रीय सदस्यहरूको बोल्ने पालो सकिएको कार्यवाहक महामन्त्री बुर्लाकोटीले जानकारी दिए ।

प्रकाशित मिति : ४ मंसिर २०८१, मंगलबार  १० : २४ बजे

४२ करोडको बैंकिङ कसुर प्रकरण : व्यवसायी शंकरलाल अग्रवाल पुर्पक्षका लागि थुनामा

काठमाडौं। उच्च अदालत पाटनले बैंकिङ कसुरको मुद्दामा प्रतिवादी बनाइएका व्यवसायी

मधेशका पूर्वअर्थमन्त्री शैलेन्द्र साहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। सर्लाहीको बाग्मती म्युनिसिपल पार्क तथा रिसोर्ट निर्माणमा अनियमितता भएको

‘कानुन सुधार वर्ष’ सफल पार्न उच्चस्तरीय समिति गठन

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले घोषणा गरेको

लोकतान्त्रिक परिवर्तनको अगुवाइ राजनीतिक दलबाटै भएको हो : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जनताको अधिकार

अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै मिलाउन प्रमको निर्देशन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै