१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

स्वास्थ्यकर्मीमाथि भएको दुर्व्येवहारप्रति मानवअधिकार आयोगको आपत्ति



काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले कोरोना संक्रमणको नाममा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीमाथि भैरहेको दुव्र्यवहारप्रति आपत्ति जनाएको छ ।

आयोगले सोमबार विज्ञप्ति जारी गर्दै जनस्वस्थ्य सङ्कटको अवस्थामा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा अत्यावश्यक सेवा प्रदायकहरुलाई सहयोग र प्रोत्साहन गर्नुपर्नेमा उनीहरुमाथि नै अभद्र र अमानवीय व्यवहार प्रदर्शन गरिनु दुःखद भएको बताएको छ ।

काठमाडौं चितवनलगायत विभिन्न जिल्लामा उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुमाथि छिमेकी तथा टोलबासीहरुबाट भएको धम्की तथा अमानवीय व्यवहारका घटनाहरुप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको आयोगले जनाएको छ ।

‘उपचारमा अहोरात्र खटिइरहेका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुबाट संक्रमण फैलाउन सक्ने भन्दै उनीहरु बसेको घरमा स्थानीय तथा छरछिमेकीले घेराहाली धम्की तथा दुव्र्यवहार गरेको पाइएको छ ।’ आयोगले विज्ञप्तिमार्फत भनेको छ, ‘कानुनको दायराभन्दा माथि गई गरिने यस प्रकारका घटनाहरुको छानविन गरी दोषीउपर कानुनी कारवाही गर्न समेत आयोग स्थानीय प्रशासनलाई आग्रह गर्दछ ।’

विज्ञप्तिमा भनिएको छ, ‘दुव्र्यवहार तथा अमानवीय कार्यले जनस्वास्थ्यमा समेत नकारात्मक असर पर्नसक्नेप्रति सचेत हुन, उनीहरुप्रति सहयोग र सम्मानजनक व्यवहार गर्दै नागरिकको कर्तव्य पालना गर्न आयोग सम्बद्ध सबैलाई आग्रह गर्दछ ।’

आयोगले जनस्वास्थ्य सङ्कटको अवस्थामा उच्चमनोबलका साथ कार्य गर्नुपर्ने पेशाकर्मीहरुको मनोबल र प्रतिष्ठामा प्रत्यक्ष असर पर्ने प्रकृतिका कार्यको पुनरावृत्ति हुन नदिने कुराको सुनिश्चितता गर्न पनि सरकारलाई आग्रह गरेको छ ।

आयोगले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि भएको बन्दाबन्दी तथा काठमाडौँ उपत्यका लगायत विभिन्न जिल्लाहरुमा लागू गरिएको निषेधाज्ञाको अवस्थामा आयोगबाट अनुगमन गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : ८ भाद्र २०७७, सोमबार  ३ : ४३ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम