१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

स्वास्थ्यकर्मीमाथि भएको दुर्व्येवहारप्रति मानवअधिकार आयोगको आपत्ति



काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले कोरोना संक्रमणको नाममा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीमाथि भैरहेको दुव्र्यवहारप्रति आपत्ति जनाएको छ ।

आयोगले सोमबार विज्ञप्ति जारी गर्दै जनस्वस्थ्य सङ्कटको अवस्थामा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा अत्यावश्यक सेवा प्रदायकहरुलाई सहयोग र प्रोत्साहन गर्नुपर्नेमा उनीहरुमाथि नै अभद्र र अमानवीय व्यवहार प्रदर्शन गरिनु दुःखद भएको बताएको छ ।

काठमाडौं चितवनलगायत विभिन्न जिल्लामा उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुमाथि छिमेकी तथा टोलबासीहरुबाट भएको धम्की तथा अमानवीय व्यवहारका घटनाहरुप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको आयोगले जनाएको छ ।

‘उपचारमा अहोरात्र खटिइरहेका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुबाट संक्रमण फैलाउन सक्ने भन्दै उनीहरु बसेको घरमा स्थानीय तथा छरछिमेकीले घेराहाली धम्की तथा दुव्र्यवहार गरेको पाइएको छ ।’ आयोगले विज्ञप्तिमार्फत भनेको छ, ‘कानुनको दायराभन्दा माथि गई गरिने यस प्रकारका घटनाहरुको छानविन गरी दोषीउपर कानुनी कारवाही गर्न समेत आयोग स्थानीय प्रशासनलाई आग्रह गर्दछ ।’

विज्ञप्तिमा भनिएको छ, ‘दुव्र्यवहार तथा अमानवीय कार्यले जनस्वास्थ्यमा समेत नकारात्मक असर पर्नसक्नेप्रति सचेत हुन, उनीहरुप्रति सहयोग र सम्मानजनक व्यवहार गर्दै नागरिकको कर्तव्य पालना गर्न आयोग सम्बद्ध सबैलाई आग्रह गर्दछ ।’

आयोगले जनस्वास्थ्य सङ्कटको अवस्थामा उच्चमनोबलका साथ कार्य गर्नुपर्ने पेशाकर्मीहरुको मनोबल र प्रतिष्ठामा प्रत्यक्ष असर पर्ने प्रकृतिका कार्यको पुनरावृत्ति हुन नदिने कुराको सुनिश्चितता गर्न पनि सरकारलाई आग्रह गरेको छ ।

आयोगले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि भएको बन्दाबन्दी तथा काठमाडौँ उपत्यका लगायत विभिन्न जिल्लाहरुमा लागू गरिएको निषेधाज्ञाको अवस्थामा आयोगबाट अनुगमन गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : ८ भदौ २०७७, सोमबार  ३ : ४३ बजे

चिकित्सकमाथि आक्रमणको विरोधमा देशभर ओपीडी सेवा ठप्प, बिरामी मर्कामा

काठमाडौं। नेपाल चिकित्सक संघको आह्वानमा चिकित्सकमाथि भएको आक्रमणको विरोधस्वरूप मंगलबार

सुनसरी घटनापछि विराटनगरका केही विद्यालय आज बन्द

काठमाडौं । सुनसरीको देवानगञ्ज-३ कप्तानगन्जमा भएको घटनापछि उत्पन्न हुन सक्ने

सर्पदंशको बढ्दो सन्त्रास

काठमाडौं । अहिले मनसुनको समय । किसानहरुको अधिकांश समय खेतबारीमै

नेप्सेको प्रमुख कार्यकारी अधिकृतका लागि खुला आवेदन आह्वान

काठमाडौं । अर्थ मन्त्रालयले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख

पहिरोले नारायणगढ-मुग्लिन सडक अवरुद्ध, खुलाउने प्रयास जारी

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको मुग्लिन नजिकै पहिरो खस्दा यातायात आवागमन