२१ मंसिर २०८२, आइतबार | December 7, 2025

निर्धक्क भएर उद्योग व्यवसायमा लगानी गर्नुस, सरकारले संरक्षण गर्छ : मुख्यमन्त्री आचार्य



बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले रुपन्देहीको तिलोत्तमामा सुरु भएको दोस्रो व्यापार महोत्सवको उद्घाटन गरेका छन । भव्य समारोहका बिच मुख्यमन्त्री आचार्यले महोत्सवको उद्घाटन गर्दै लुम्बिनी प्रदेशमा उद्योग तथा व्यापार व्यवसायको वातावरण सरकारले बनाउने हुँदा निर्धक्क भएर लगानी गर्न आमन्त्रण गरे ।

पछिल्लो समय आर्थिक अवस्था सुधार हुन थालेको, उद्योग, व्यवसायको क्षेत्रमा सकारात्मक प्रभावहरु देखिन थालेकोमा खुसि व्यक्त गर्दै मुख्यमन्त्री आचार्यले तीन तहका सरकारले लगानी मैत्री वातावरण बनाउने नीति अवलम्बन गरेकाले ढुक्क भएर लगानी गर्न उद्योगी, व्यवसायीहरुमा आमन्त्रण गरेका हुन ।

लुम्बिनी प्रदेशको विकास र समृद्धिको निम्ति प्रदेशमा उद्योग, व्यवसायको विकास हुन जरुरी रहेको बताए । “राज्यले वातावरण बनाउछ । लगानीकर्ताहरुले निर्धक्क भएर लगानी गर्नुस । लुम्बिनी प्रदेशमा हामी आमन्त्रण गर्दछौं” उनले भने, “सरकारले व्यवसायीहरुको संरक्षण र सम्बर्द्धन गर्छ । उद्योग, पर्यटन, कृषि, पूर्वाधार विकास हाम्रा प्राथमिकता हुन ।”

एक अर्को प्रसंगमा मुख्यमन्त्री आचार्यले आफुले थालेका काम प्रति दृढ विश्वास नहुदा समाजमा केही विचलन देखिएको उल्लेख गरे । “अहिले आफुले गरेका कामप्रति विश्वास गर्न नसक्दा विचलन देखियो” उनले भने, “पुर्खाहरुले गरेका व्यवसाय वैज्ञानिक थिए । तर, अहिले ती व्यवसाय छोड्दै जाँदा समस्याहरु आएका छन । पुर्खाले गरेका व्यवसायलाई निरन्तरता दिन सक्नुपर्छ ।”

तिलोत्तमा लुम्बिनीको मात्रै नभइ देशकै उदाउँदो र नमुना शहरको रुपमा परिचित हुनु गौरवको विषय भएको उनको भनाइ छ । तिलोत्तमा व्यापार संघका अध्यक्ष नेत्रप्रसाद न्यौपानेको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा महोत्सवको उद्घाटन गरिएको थियो । महोत्सवमा विभिन्न क्षेत्रका तीन सय स्टल रहेका छन ।

प्रकाशित मिति : ६ मंसिर २०८१, बिहिबार  ४ : ३० बजे

आजबाट आइसीपी नेपालगन्जमा मूल्यांकन डाटाबेस प्रणाली संचालनमा

नेपालगन्ज । आइसीपी नेपालगन्जमा आजबाट मूल्यांकन डाटाबेस प्रणाली संचालनमा ल्याइएको

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी पुर्पक्षका लागि थुनामा

काठमाडौं । नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई विशेष अदालतले

३३ वर्षिया महिला बलात्कार आरोपमा ३० वर्षिय शाही पक्राउ

कोहलपुर । बाँके प्रहरीले जबरजस्ती करणी आरोपमा एकजनालाई पक्राउ गरेको

दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

दोलखा । दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको

‘विभेदको भारी बोकेर क्याविन क्रु मेम्बरहरूले प्रभावकारी काम गर्न सक्दैनन्’

काठमाडौँ । कानुनका जानकार तथा विज्ञहरूले कमजोर आत्मबल, विभेदको भारी