१७ बैशाख २०८३, बिहिबार | May 1, 2026

केपी ओलीले लोडसेडिङ हटाउनुभयो, जस अरूले पाए : महासचिव पोखरेल



काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी अध्यक्ष केपी शर्मा ओली पहिलोपटक प्रधानमन्त्री बन्दा लोडसेडिङ हटाउने काम गरेको दाबी गरेका छन् ।

पार्टीले काठमाडौंमा शुक्रबार गरेको जागरणसभालाई सम्बोधन गर्दै पोखरेलले ओलीको योजनामा मुलुक लोडसेडिङमुक्त भएको जिकिर गरे ।

नेकपा माओवादी केन्द्र र विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङतर्फ लक्षित गर्दै पोखरेलले लोडसेडिङ अन्त्यको जस अरूले लिइरहेको गुनासो गरे ।

‘केपी ओली पहिलो पटक प्रधानमन्त्री बन्दै गर्दा यो मुलुकमा १८ घण्टा लोडसेडिङ हुने गर्‍थ्यो । उहाँ प्रधानमन्त्री भइसकेपछि नेपालका जलश्रोतमा देखिएका समस्या समाधान गरी आधारभूत लोडसेडिङ एक वर्षभित्र अन्त्य गर्ने योजना बनाउनुभयो ।’ पोखरेलले भने, ‘त्यही योजना अनुसार हामीले भारतबाट विद्युत आयात गरी नेपाललाई अँध्यारो युगबाट उज्यालो युगतर्फ फर्काउने कामको नेतृत्व गर्‍यौं । तर विडम्बनाको कुरा हाम्रो समाजमा काम एउटाले गर्दछ जस अर्कालाई दिने परम्परा छ ।’

उनले ओली नेतृत्वको अघिल्लो सरकारले लगातार तीन वर्षसम्म देशमा उच्च आर्थिक वृद्धि दर हासिल गर्न सफल रहेको दाबी पनि गरे ।

विश्वका उच्चतम आर्थिक वृद्धि हासिल गर्ने मुलुकहरूमा नेपाललाई दशौं स्थानमा पुर्‍याउन सफल पार्टी पनि एमाले भएको र त्यसको सरकारको नेतृत्वकर्ता केपी ओली भएको उनको दाबी छ ।

महासचिव पोखरेलले सत्तामा भएका दलहरु जनतामा जाने विषय सामान्य भएको भन्दै सत्तामा रहेर सभा गर्न नमिल्ने भन्ने टिप्पणी नगर्न आग्रह गरेका थिए । उनले एमाले जनताको पार्टी भएकोले जनतामा जाने निर्णय गरेको बताएका थिए ।

महासचिव पोखरेलले एमालेले अहिले देशमा देखिएको निराशालाई चिर्न नेतृत्व गर्ने बताउदै पार्टी र नेतृत्वलाई विभिन्न आरोप लगाएर बदनाम गर्ने प्रयास गरिएको बताएका थिए ।

प्रकाशित मिति : ७ मंसिर २०८१, शुक्रबार  २ : ५२ बजे

खाना पकाउने ग्यासको मूल्य बढ्यो, पेट्रोल, डिजल र मट्टितेलको मूल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्यवृद्धि गरेको

भोलि सार्वजनिक बिदा परेपनि सरकारी अस्पतालका ओपीडी सुचारु हुने

काठमाडौं । सरकारले भोलि (वैशाख १८) गते सार्वजनिक बिदा परेपनि

रोल्पा जिप दुर्घटनाको छानबिन गर्न समिति गठन

काठमाडौँ । गृह मन्त्रालयले रोल्पाको थवाङ गाउँपालिका–१ सल्यापमा आज भएको

ट्राफिक नियम उल्लंघन गर्ने चालकको लाइसेन्स, ब्लुबुक र साँचो नियन्त्रणमा नलिन सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले ट्राफिक प्रहरीबाट गरिने गरेको कागजपत्र नियन्त्रण

जोखिमयुक्त बस्ती स्थानान्तरणको दोस्रो चरण शुक्रबारदेखि

काठमाडौँ । सहरी विकास मन्त्रालयले आगामी शुक्रबारदेखि दोस्रो चरणअन्तर्गत काठमाडौँ