२८ चैत्र २०८२, शनिबार | April 11, 2026

ग्लोबल आइएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट



काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकले समाज डेन्टल अस्पतालमा विशेष छुट पाउने भएका छन् ।
यससम्बन्धी सम्झौतामा बैंकका ट्रान्जेक्सन बैंकिङ्ग सेल्स तथा विजनेश प्रमुख प्रकाश पौडेल र समाज डेन्टल अस्पतालका प्रबन्ध निर्देशक शंकु घिमिरेले हस्ताक्षर गरेका छन् ।
साथै, बैंकको क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा १२ महिनासम्म किस्ताबन्दीमा भुक्तानी गर्न मिल्ने सेवा (ईएमआई) समेत प्रदान गर्ने सम्झौता भएको छ ।
सम्झौतानुसार बैंकका ग्राहकहरुले समाज डेन्टलमा बैंकको डेबिट/क्रेडिट कार्ड र ग्लोबल स्मार्ट प्लस मार्फत भुक्तानी गर्दा ओपीडी दर्ता शुल्क, डाक्टरको परामर्श शुल्क र अस्पतालको आजीवन सदस्यता शुल्कमा शतप्रतिशत छुट पाउनेछन् ।

यसका साथै, बैंकका ग्राहकहरुले एक्सरे बाहेकका सम्पूर्ण सेवा शुल्कमा एकमुष्ठ १० प्रतिशत छुट पाउनेछन् ।
किस्ताबन्दी सेवाअन्तर्गत बैंकका क्रेडिट कार्डवाहकले समाज डेन्टल अस्पतालमा उपचार बापत खर्च रु. १५,००० देखि अधिकतम रु. ५००,००० सम्मको बिलमा ६ देखि १२ महिनासम्मको सरल किस्ताबन्दीमा भुक्तानी गर्न सक्नेछन् ।

यस्ता विभिन्न किसिमका सुविधाहरुको उपभोग गर्न इच्छुक ग्राहकहरुले ग्लोबल आइएमई बैंकको जुनसुकै शाखाबाट आवेदन दिई बैंकको क्रेडिट कार्ड लिन सक्नेछन् ।
आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न किसिमका समयसान्दर्भिक योजनाहरु ल्याएर ग्राहकहरुलाई लाभान्वित गर्दै आएको छ ।
ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक होे । साथै, ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको छ ।

प्रकाशित मिति : ९ मंसिर २०८१, आइतबार  ८ : ३५ बजे

पाकिस्तानमा इरान-अमेरिका वार्ता सुरु : इरानी सञ्चारमाध्यम

तेहरान । मध्यपूर्व युद्ध अन्त्यका लागि अमेरिकासँग इस्लामावादमा वार्ता सुरु

ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, दुई गम्भीर घाइते

सङ्खुवासभा । कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको खाँदबारी-तुम्लिुङटार सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा

मोरङमा १ अर्बको अत्याधुनिक ‘एलेक्सा लाइफसाइन्सेज’ सञ्चालनमा

मोरङको बुढीगंगा गाउँपालिका-3२ मा १ अर्ब रुपैयाँभन्दा बढीको लगानीमा अन्तर्राष्ट्रिय

चन्द्रमाको परिक्रमा गरेर फर्किए आर्टेमिस-२ का अन्तरिक्षयात्री

एजेन्सी । झण्डै पाँच दशकपछि मानवसहित चन्द्रमाको यात्रामा निस्किएको नासाको

स्रोत नखुलेको छ लाखसहित दुई जना पक्राउ

सुनसरी । कोशी गाउँपालिका-८ भण्टाबारीबाट स्रोत नखुलेको रु छ लाख