४ पुस २०८२, शुक्रबार | December 19, 2025

चीन भ्रमणका विषयमा पूर्वप्रधानमन्त्रीहरुसँग प्रधानमन्त्रीले गरे छलफल



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणबारे पूर्वप्रधानमन्त्रीहरु र पूर्वपरराष्ट्रमन्त्रीहरुसँग छलफल गरेका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भैरहेको छलफलमा पूर्वप्रधानमन्त्रीहरु एवं परराष्ट्रमन्त्रीहरुको उपस्थिति छ । प्रधानमन्त्री ओलीले भ्रमणका विषयमा सुझाव मागेका छन् ।

छलफलमा पूर्वप्रधानमन्त्रीहरु पुष्पकमदल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, अन्तरिम मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीलगायत सहभागी भएका छन् । पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई भने सो छलफलमा सहभागी छैनन् । उनले आजै गोरखा जाने पूर्वनिर्धारित कार्यक्रम रहेका कारण उपस्थित हुन नसक्ने भन्दै सामाजिकसञ्जालबाट आफ्ना सुझावहरु दिएका थिए ।

छलफलमा पूर्वपरराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठ, विमला राई पौड्याल, महेन्द्र पाण्डेय, एनपी साउद, ईश्वर पोखरेललगायत पनि उपस्थित छन्।

प्रधानमन्त्री ओली मंसिर १७ गते चीन भ्रमणमा जाँदै छन् ।

 

 

 

प्रकाशित मिति : १० मंसिर २०८१, सोमबार  १२ : २० बजे

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज