२५ श्रावण २०८३, सोमबार | August 10, 2026

चीन भ्रमणका विषयमा पूर्वप्रधानमन्त्रीहरुसँग प्रधानमन्त्रीले गरे छलफल



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणबारे पूर्वप्रधानमन्त्रीहरु र पूर्वपरराष्ट्रमन्त्रीहरुसँग छलफल गरेका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भैरहेको छलफलमा पूर्वप्रधानमन्त्रीहरु एवं परराष्ट्रमन्त्रीहरुको उपस्थिति छ । प्रधानमन्त्री ओलीले भ्रमणका विषयमा सुझाव मागेका छन् ।

छलफलमा पूर्वप्रधानमन्त्रीहरु पुष्पकमदल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, अन्तरिम मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीलगायत सहभागी भएका छन् । पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई भने सो छलफलमा सहभागी छैनन् । उनले आजै गोरखा जाने पूर्वनिर्धारित कार्यक्रम रहेका कारण उपस्थित हुन नसक्ने भन्दै सामाजिकसञ्जालबाट आफ्ना सुझावहरु दिएका थिए ।

छलफलमा पूर्वपरराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठ, विमला राई पौड्याल, महेन्द्र पाण्डेय, एनपी साउद, ईश्वर पोखरेललगायत पनि उपस्थित छन्।

प्रधानमन्त्री ओली मंसिर १७ गते चीन भ्रमणमा जाँदै छन् ।

 

 

 

प्रकाशित मिति : १० मंसिर २०८१, सोमबार  १२ : २० बजे

खजुराबाट ४० मोतिविन्दुको शल्यक्रियाको लागी सिफारिस

नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिका ४ डि गाउँमा आँखा शिविर

सरकार र मृतक मेहताको परिवारबीच सात बुँदे सहमति

काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्मा यही साउन १० गते

प्रचण्डले दिए सरकारलाई धन्यवाद

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले

सरकारी कागजात सच्याएको आरोपमा नेपालगन्ज –२० का वडाध्यक्षसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका–२० का वडाध्यक्ष कौशलकुमार धोवीसहित चार जनाविरुद्ध

अर्थमन्त्री र बहुराष्ट्रिय ठूला करदाता कम्पनीबीच छलफल, नेपालमा २०० अर्ब लगानी थपिँदै

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा लगानी गरेका बहुराष्ट्रिय