११ असार २०८३, बिहिबार | June 26, 2026

वैकुण्ठधाम आध्यात्मिक महोत्सवबाट ३ करोड बढी संकलन, ७५ लाख खर्च



नेपालगन्ज । राप्ती नदीको तट सिधनियाघाटमा मृत्यु पश्चतको दाहसंस्कार स्थल बैकुण्ठधाम निर्माणका लागि आयोजना गरिएको वैकुण्ठधाम आध्यात्मिक महोत्सवबाट ३ करोड बढी संकलन भएको छ । महोत्सवको मुल आयोजक सिधनियाघाट वैकुण्ठधामले आज पत्रकार सम्मेलन गरेर महोत्सवको आयव्यय विवरण सार्वजनिक गर्दै ३ करोड बढी संकलन भएको जानकारी दिएको हो ।

वैकुण्ठधाम आध्यात्मिक महोत्सव मूल समारोह समितिले कात्तिक २२ देखि ३० गतेसम्म नेपालगन्जको रामलिला मैदानमा आयोजना गरेको महोत्सवबाट तीन करोड तीन लाख १५ हजार चार रुपैया संकलन भएको र ७५ लाख ७ हजार ३७७ खर्च भई २ करोड २८ लाख ७ हजार ६२७ रुपैयाँ बचत भएको समितिका कोषाध्यक्ष कृष्णप्रसाद श्रेष्ठले जानकारी दिए ।

कोषाध्यक्ष श्रेष्ठका अनुसार, एक करोड ४५ लाख ९७ हजार ४ सय २८ रुपैया नगद प्राप्त भएको छ भने ६० लाख ४४ हजार ४७ रुपैया घोषणा भएपनि दाताहरुले भुक्तानि गरेका छैनन् । त्यसैगरि२१ लख ६६ हजार १ सय ५२ रुपैयाको बिभिन्न मितिका चेक प्राप्त भएको छ । चेक क्रमश खातामा जम्मा गरिने श्रेष्ठले बताए ।

नेपालगन्जका नगर प्रमुख प्रशान्त विष्टले डुडुवा गाउँपालिका वडा नं. ४ मा एक कठ्ठा र नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ का वडा अध्यक्ष दीपक बर्माले नेपालगन्ज–१९ मा २६ धुर जग्गा दान गरेको उनले बताए ।

पत्रकार सम्मेलनमा बोल्दै मूल समारोह समितिका संयोजक डा. सुरेशकुमार कनोडियाले अझै दुई करोड रुपैया उठाउने लक्ष्यका साथ छलफल भइरहेको बताए । उनले महोत्सव सम्पन्न गर्न प्रत्येक्ष र अप्रत्यक्ष सहयोग गर्ने सबैलाई धन्यवाद दिए । महोत्सव र वैकुण्ठधाम निर्माण अभियानलाई आलोचना र कडा टिप्पणी गर्नेहरुलाई पनि धन्यवाद दिएका छन् । ‘वैकुण्ठधाम र महोत्सवलाई लिएर आलोचना, बिरोध र कडा कुरा लेख्नेहरुलाई पनि धन्यवाद छ,’ उनले भने, ‘उनीहरुका कारण आफु र सिङ्गो टिम अझै सजक र सक्रिय हुन प्रेरणा मिल्यो ।’

संयोजक कानोडियाले आजैका मितिबाट महोत्सव सम्पन्न गर्नका लागि गठन गरिएका ११० उपसमिति र सचिवालयलाई विघटन गरिएको जानकारी दिए । उनले उपसमितिमा रहेर अहोरात्र खट्ने संयोजक र सदस्यहरुलाई पनि धन्यवाद दिँदै आगाामी दिनमा पनि सहकार्य र सहयोगको अपेक्षा गरे । उपसमिति विघटन भएपनि आफुमाथि अझै ठुलो जिम्मेवारी आएको बताउँदै उनले वैकुण्ठधाम निर्माण नहुँदासम्म आफुले बिश्राम नलिने प्रतिबद्धता जनाए ।

प्रकाशित मिति : १४ मंसिर २०८१, शुक्रबार  ६ : २० बजे

पार्टीलाई एकताबद्ध बनाएर लैजान्छौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताबद्ध

रास्वपा महाधिवेशन : यस्तो छ प्रदेशगत मत परिणाम

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय

‘फिफा’को निलम्बनपछि नेपाली फुटबल अन्यौलमा

काठमाडौं । विश्वसँगै नेपालको सहरदेखि गाउँगाउँसम्म विश्वकप फुटबल प्रतियोगिता २०२६

मेडिकल काउन्सिलले ल्यायो ‘हेलो एनएमसी’

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले अनलाइनमार्फत पनि गुनासो तथा उजुरी

पतञ्जली जग्गा प्रकरण : माधव नेपाल क्याविनेटका मन्त्रीहरूलाई बकपत्र गराउन आदेश

काठमाडौं । पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा सट्टापट्टा