४ पुस २०८२, शुक्रबार | December 20, 2025

खेल सम्बद्ध संघ संस्थाको सिफारिसमा राखेप सदस्य मनोनयनको माग



काठमाडौं । नेपाल ओलम्पिक कमिटिमा आवद्ध खेल संघहरुको संस्था कन्फेडेरेसन अफ नेसनल स्पोर्ट्स एसोसिएसनद्धारा विभिन्न माँग सहितपूर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवालाई ज्ञापन पत्र बुझाएका छन् । बुढानिलकण्ठ स्थित देउवा निबासमा आज खेल संघहरुका अध्यक्ष, महासचिव तथा प्रतिनिधिहरुले ज्ञापन पत्र बुझाएका हुन् ।

ज्ञापन पत्रमा राष्ट्रिय खेल संघहरूको संस्थागत सिफारिसमा राष्ट्रिय खेलकुद परिषद्का सदस्यहरूको मनोनयन गरिनुपर्ने, कर्णाली प्रदेशमा आयोजना हुने भनिएको १० औं राष्ट्रिय खेलकुदको मिति र खेलगत प्रतियोगिता स्थल तोक्ने कार्य सरोकारवाला खेल संघहरू संगको छलफल र परामर्शमा यथाशिघ्र घोषणा गरिनुपर्ने, खेलाडीहरूलाई उपलब्ध गराउने खेल पोसाक र खेल सामाग्रीहरूको गुणस्तरको परिक्षण, खेलाडीहरूको खानपीन र आवासको उचित व्यवस्था, राष्ट्रिय खेलकु दविकास ऐन २०७७ लाई संशोधनगर्न बनेको विधेयकलाई तत्काल रोकी प्रत्यक्ष सरोकारवाला राष्ट्रिय खेल संघहरूको छलफल र सुझाव सहित अघि वढाईनु पर्ने उल्लेख छन् ।

सभापति देउवाले उक्त मागहरुलाई सकारात्मक रुपमा लिँदै सम्बन्धित निकायमा आवश्यक निर्देशन दिने बताएका थिए ।

 

प्रकाशित मिति : १६ मंसिर २०८१, आइतबार  १ : १६ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको