६ श्रावण २०८३, बुधबार | July 23, 2026

अग्रिम बुकिङवाट नै ‘पुष्पा २ः दि रूल’ ले कमायो ५५ करोड



काठमाडौं । यो वर्षको बहुप्रतिक्षित चलचित्र ‘पुष्पा २ स् द रुल’ यसै साता रिलिजको तयारीमा छ । अल्लु अर्जुन लगायत सम्पूर्ण स्टार कास्टले फिल्मको निरन्तर प्रचारप्रसार गरिरहेका छन् र फ्यानहरु माझ फिल्मको चर्चा बढाउन हरेक उपाय अपनाइरहेका छन् । यसको चर्चा यति धेरै छ कि यसले बक्स अफिसमा कमाईका सबै रेकर्ड तोड्न लागेको छ ।

‘पुष्पा २ः द रुल’ को क्रेज यस्तो छ कि टिकट महँगो भए पनि कडा अग्रिम बुकिङ भइरहेको छ । मंगलबार दिउँसो ३ बजेसम्म यो फिल्मको १३ लाखभन्दा बढी टिकट बुक भइसकेको छ । अग्रिम बुकिङबाट अहिलेसम्म ४१ करोड रुपैयाँ कमाइसकेको छ भने ब्लक सीटहरूको साथ यो ५५ करोड छ। यी तथ्याङ्कहरू ३ डिसेम्बर बेलुका ४ बजेसम्मका हुन्।

सैकनिल्क  रिपोर्ट अनुसार तेलंगानामा सबैभन्दा धेरै अग्रिम बुकिङ गरिएको छ। यहाँ फिल्मले अग्रिम बुकिङमा १२.२२ करोड कमाएको छ । कर्नाटक दोस्रो स्थानमा छ जहाँ ५.२५ करोडको बुकिङ भइसकेको छ।

यो फिल्मले तेलुगुमा सबैभन्दा महँगो टिकट बेच्ने रेकर्ड पनि बनाएको छ । दिल्लीमा  ‘पुष्पा २’को टिकट १८ सय रुपैयाँसम्म, मुम्बई र बेंगलुरुमा सबैभन्दा महँगो टिकट १६ सय र १ हजार रुपैयाँमा बिक्री भइरहेको छ।

टिकटको मूल्य बढाउनका लागि निर्माताले आन्ध्र प्रदेश सरकारसँग अनुमति लिएका छन् । आन्ध्र प्रदेश सरकारले पनि निर्माताहरूलाई ‘पुष्पा २’ को ६ वटा शो सिंगल स्क्रिन र मल्टिप्लेक्समा देखाउन अनुमति दिएको छ। उनीहरुको मूल्य पनि तोकिएको छ ।

यस बाहेक निर्माताहरूले आगामी डिसेम्बर ६ देखि १७ गतेसम्मका १२ दिनसम्म एउटै टिकट मूल्यमा ५ शो देखाउन सक्नेछन् । यो निर्णयपछि अल्लु अर्जुन आफैंले सरकारप्रति आभार व्यक्त गरेका छन् ।

प्रकाशित मिति : १८ मंसिर २०८१, मंगलबार  ९ : २० बजे

राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै हो : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीति र धर्मको

बुटवलबाट रिभल्वर र गोली सहित तुङसिङ मगर पक्राउ

बुटवल । बुटवलबाट रिभल्वर र गोली सहित एकजना पक्राउ परेका

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क