५ श्रावण २०८३, मंगलबार | July 22, 2026

‘पुष्पा-२ : द रुल’ आजबाट रिलिज



काठमाडौं । चलचित्र ‘पुष्पा-२ : द रुल’ आजबाट रिलिज भएको छ । वर्षकै प्रतिक्षित चलचित्र आजबाट रिलिज भएको हो ।

नेपालमा यो चलचित्रले ठूलो संख्यामा शो पाएको छ । ‘पुष्पा-२ : द रुल’ले देशकै ठूलो मल्टिप्लेक्स क्यूएफएक्स लगायत अधिकांश हलका अधिकांश शो पाएको छ । बिहान ४ बजेलेखि राति १२ बजेसम्म शो निकालेर हलले ‘पुष्पा-२’ को टिकट बिक्री गरिरहेका छन् ।

पहिलो दिनका धेरै शो हाउसफूल भएका छन् । यो चलचित्रले ठूलो परिमाणमा बक्सअफिस कलेक्सन गर्ने अपेक्षा गरिएको छ ।

यसैबीच, यो चलचित्र हाललाई टु-डी मात्रै रिलिज भएको छ । थ्रि-डी रिलिज हुने भनेर टिकट बिक्री गरे पनि इन्डियाबाट टु-डी फाइल मात्रै आएपछि हलले थ्रि-डी रिलिज गर्न नसकेका हुन् ।

थ्रि-डी रिलिज नहुने भएपछि हलले दर्शकसँग थ्रि-डी रिलिजका लागि भनेर उठाएको अतिरिक्त रकम फिर्ता गर्नुपर्ने भएको छ ।

क्यूएफएक्सले थ्रि-डी रिलिज गर्न नसकेको भन्दै पैसा फिर्ता लिन सिनेमा घरको बक्सअफिस काउन्टरमा आउन सूचना जारी गरेको छ ।

चलचित्र ‘पुष्पा-२’ मा दक्षिण भारतीय अभिनेता अल्लु अर्जुन र अभिनेत्री रश्मिका मन्दना मुख्य भूमिकामा छन् । चलचित्रलाई सुकुमार बान्द्रेडीको निर्देशन गरेका छन् । चलचित्रको कथा पनि निर्देशक स्वयंले लेखेका छन् ।

प्रकाशित मिति : २० मंसिर २०८१, बिहिबार  ७ : ४० बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं