२१ असार २०८३, आइतबार | July 5, 2026

पोखराविरुद्ध लुम्बिनीका कप्तान रोहित पौडेलको अर्धशतक



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबार जारी दोस्रो खेलमा पोखरा एभेन्जर्सविरुद्ध लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले अर्धशत प्रहार गरेका छन् ।

नेपाली राष्ट्रिय टोलीका कप्तानसमेत रहेका रोहितले ३३ बलमा ५२ रन जोड्दै अर्धशतक पूरा गरेका हुन् ।

यसअघि लुम्बिनीका दुवै ओपनर आशुतोष घिरिया र उन्मुक्त चन्द शून्यमै आउट भएका थिए । आशुतोषको विकेट गुमेपछि रोहित मैदान छिरेका थिए । दुवै ओपनर आउट भएपछि दबाबमा परेको लुम्बिनीको स्कोर रोहितले उकासेर १०० रन कटाइसकेका छन् ।

कीर्तिपुर मैदानमा टस जितेर लुम्बिनीले पहिला ब्याटिङ राजेको हो । रोहितलाई अहिले क्रिजमा टोम मुरेसले १८ बलमा २३ रन बनाएर साथ दिइरहेका छन् ।

 

प्रकाशित मिति : २१ मंसिर २०८१, शुक्रबार  २ : ०० बजे

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको

बुटवलमा युनिगाइड कन्सल्टेन्सीको शाखा विस्तार

बुटवल । विदेश अध्ययन परामर्श सेवा प्रदान गर्दै आएको युनिगाइड

जोखिममा परेका बालबालिकालाई सहयोग

कालीकोट । कालीकोटको तिलागुफा नगरपालिकाले जोखिममा परेका बालबालिकालाई खाद्यान्न तथा

सर्लाहीमा अत्यधिक गर्मीले सर्पको बिगबिगी

सर्लाही । यस वर्ष अत्यधिक गर्मी बढेका कारण सर्लाहीमा सर्पको

पातपतिङ्गरबाट प्राङ्गरिक मल

गोरखा । गोरखाको चारवटा सामुदायिक वन समूहले वनजङ्गलमा कुहिएर खेर