काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबार जारी दोस्रो खेलमा पोखरा एभेन्जर्सविरुद्ध लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले अर्धशत प्रहार गरेका छन् ।
नेपाली राष्ट्रिय टोलीका कप्तानसमेत रहेका रोहितले ३३ बलमा ५२ रन जोड्दै अर्धशतक पूरा गरेका हुन् ।
यसअघि लुम्बिनीका दुवै ओपनर आशुतोष घिरिया र उन्मुक्त चन्द शून्यमै आउट भएका थिए । आशुतोषको विकेट गुमेपछि रोहित मैदान छिरेका थिए । दुवै ओपनर आउट भएपछि दबाबमा परेको लुम्बिनीको स्कोर रोहितले उकासेर १०० रन कटाइसकेका छन् ।
कीर्तिपुर मैदानमा टस जितेर लुम्बिनीले पहिला ब्याटिङ राजेको हो । रोहितलाई अहिले क्रिजमा टोम मुरेसले १८ बलमा २३ रन बनाएर साथ दिइरहेका छन् ।


















प्रतिक्रिया