२९ मंसिर २०८२, सोमबार | December 15, 2025

बुटवलमा थपिए २५ नयाँ कोरोना संक्रमित, ३ जनाको अवस्था गम्भिर



बुटवल । पछिल्लो २४ घन्टामा बुटवल उपमहानगरपालिकामा २५ जना कोरोना संक्रमित थपिएका छन् । थपिएका संक्रमितमा १५ जना पुरुष छन् भने १० जना महिला रहेका छन् ।

उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कुन्दन कुमार सिंहले दिएको जानकारी अनुसार मंगलबार साझ ४ बजे सम्मको तथ्यांकअनुसार वडा न २ मा १ जना, वडा न ४ मा ४ जना, वडा न ६ मा ५ जना, वडा न ८ मा ३ जना, वडा न ११ मा ५ जना, वडा न १२ मा २ जना, वडा न १३ मा २ जना, वडा न १५ मा १ जना र वडा नखुलेका २ जना गरि जामा २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मंगलबार थपिएका २५ जना संक्रमित मध्ये ३ जनाको अवस्था गम्भिर भएका कारण बुटवलको धागो कारखानामा रहेको कोरोना विशेष अस्पतालमा उपचार भैरहेको छ भने ३ जनाको बुटवल वडा न ११ देवीनगरस्थित एन्फा एकेडेमीमा रहेको आइसोलेसनमा राखेर उपचार भैरहेको छ तथा बाँकी १९ जना होम आइसोलेसनमा बसेका छन् ।

सिंहका अनुसार पछिल्लो २४ घन्टामा बुटवल उपमहानगरपालिका वडा न १ का ५५ बर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको छ। उनको उपचारको क्रममा हिजो भक्तपुर अस्पतालमा मृत्यु भएको छ ।

मिर्गौलाको समस्यापछी निरन्तर डायलिसिस गराउदै आएका उनलाई भदौ ६ गते कोरोना संक्रमण पोजेटिभ देखिएको थियो ।

प्रकाशित मिति : ९ भदौ २०७७, मंगलबार  ८ : ३० बजे

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आज उमेदवारी दर्ता हुँदै

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा नयाँ