१ पुस २०८२, मंगलबार | December 16, 2025

सुपरओभरमा विराटनगरलाई हराउँदै पोखरा विजयी



काठमाडौं । नेपाल प्रिमयर लिगमा विराटनगरलाई सुपरओभरमा हराउँदै पोखरा एभेन्जर्स विजयी भएको छ ।

सुपर ओभरमा विराटनगरलाई १३ रनले हराएसँगै पोखराले दोस्रो जित हात पारेको हो।

सुपर ओभरमा सन्दिप लामिछानेको बलमा रेमर रेफरले लगातार दुई छक्का एक चौकासहित १७ र आन्देश गोसले एक रन बनाएपछि पोखराले १८ रन बनाएको थियो ।
१९ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा आएको विराटनगरले ५ रन मात्र बनाउन सक्यो ।

सुपरओभरअघि विराटनगरले दिएको १३९ रनको लक्ष्य पच्छ्याएको पोखराले ६ विकेट गुमाएर १३९ रन नै बनाएको थियो । दुवै टिमको बराबरी रन भएपछि खेल खेल सुपर ओभरमा पुगेको थियो।

पोखराले आफ्नो पहिलो जित लुम्बिनी लायन्सलाई १० विकेटले हराउँदै निकालेको थियो ।

प्रकाशित मिति : २७ मंसिर २०८१, बिहिबार  १२ : ४६ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज