१७ माघ २०८२, शनिबार | January 31, 2026

दुईदलीय व्यवस्थामा लैजाने कांग्रेस-एमालेको योजना स्थानीय तहको उपनिर्वाचनले असफल बनायो : माओवादी



काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले दुईदलीय व्यवस्थामा लैजाने कांग्रेस एमालेको योजना स्थानीय निर्वाचनले असफल बनाएको निस्कर्ष निकालेको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी समिति बैठकले स्थानीय तहको उपनिर्वाचनले कांग्रेस र एमालेको योजनालाई असफल पारेको निस्कर्ष निकालेको हो ।

बैठकबारे जानकारी दिँदै प्रवक्ता अग्निप्रसाद सापकोटाले भने,
‘स्थानीय तहको उपनिर्वाचनले देशलाई दुई दलीय व्यवस्थामा लैजाने कांग्रेस एमालेको योजनालाई खण्डित गरेका छ । चुनावी नतिजाले अन्य कुरामा पनि सरकारमाथि दबाब सिर्जना गरेको छ ।’

बैठकले स्थानीय तह उपनिर्वाचनको परिणामा सरमा सारमा उत्साहपूर्ण आएको पनि प्रवक्ता सापकोटाले बताए । उनले भने, ‘जनताले सबै नेता कार्यकर्तालाई अब सत्तातिर होइन, जनतातिर फर्किनुपर्छ भन्ने सन्देश दिएका छन् ।’

बैठकले केपी ओली नेतृत्वको सरकारप्रति जनतामा तीव्र निराशा रहेको निष्कर्ष निकालेको छ । ओली सरकारले देशलाई अधोगतितिर धकेल्नतिर लागिपरेको माओवादीले जनाएको छ ।

बैठकले आगामी पुस २१ गते केन्द्रीय समिति बैठक बोलाएको छ । त्यसको तयारीका लागि पुस १८, १९ र २० गते पुनः स्थायी समिति बैठक डाकिएको छ ।

 

प्रकाशित मिति : २८ मंसिर २०८१, शुक्रबार  ४ : ०८ बजे

सुविधा र रोजगारी खोज्दै पहाडबाट तराई झर्ने बढे

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा पछिल्ला वर्षहरूमा पहाडी जिल्लाबाट बसाइँ

बाँझो जमिन उपयोग गरेर फलाइयो तिते फापर

खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाले बाँझो जमिन उपयोगमा ल्याउँदै पहिलो पटक

इक्यान रुपन्देहीद्वारा केन्द्रीय समितिको नव निर्वाचित नेतृत्व सम्मान

बुटवल । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देहीले इक्यान केन्द्रीय

नेपाल पत्रकार महासंघ रुपन्देहीद्वारा खेलकुद पत्रकारिता र फोटो पत्रकारिता पुरस्कार स्थापना

बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देही शाखाले पत्रकारिताको विविध विधामा

‘आलु बिक्री गर्न बजारको समस्या छैन’

रामेछाप । सुनकोशी गाँउपालिका-३ स्थित झाङङ्गाझोली, बोहोरेटार र गणेश स्थान