१९ श्रावण २०८३, मंगलबार | August 4, 2026

दुईदलीय व्यवस्थामा लैजाने कांग्रेस-एमालेको योजना स्थानीय तहको उपनिर्वाचनले असफल बनायो : माओवादी



काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले दुईदलीय व्यवस्थामा लैजाने कांग्रेस एमालेको योजना स्थानीय निर्वाचनले असफल बनाएको निस्कर्ष निकालेको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी समिति बैठकले स्थानीय तहको उपनिर्वाचनले कांग्रेस र एमालेको योजनालाई असफल पारेको निस्कर्ष निकालेको हो ।

बैठकबारे जानकारी दिँदै प्रवक्ता अग्निप्रसाद सापकोटाले भने,
‘स्थानीय तहको उपनिर्वाचनले देशलाई दुई दलीय व्यवस्थामा लैजाने कांग्रेस एमालेको योजनालाई खण्डित गरेका छ । चुनावी नतिजाले अन्य कुरामा पनि सरकारमाथि दबाब सिर्जना गरेको छ ।’

बैठकले स्थानीय तह उपनिर्वाचनको परिणामा सरमा सारमा उत्साहपूर्ण आएको पनि प्रवक्ता सापकोटाले बताए । उनले भने, ‘जनताले सबै नेता कार्यकर्तालाई अब सत्तातिर होइन, जनतातिर फर्किनुपर्छ भन्ने सन्देश दिएका छन् ।’

बैठकले केपी ओली नेतृत्वको सरकारप्रति जनतामा तीव्र निराशा रहेको निष्कर्ष निकालेको छ । ओली सरकारले देशलाई अधोगतितिर धकेल्नतिर लागिपरेको माओवादीले जनाएको छ ।

बैठकले आगामी पुस २१ गते केन्द्रीय समिति बैठक बोलाएको छ । त्यसको तयारीका लागि पुस १८, १९ र २० गते पुनः स्थायी समिति बैठक डाकिएको छ ।

 

प्रकाशित मिति : २८ मंसिर २०८१, शुक्रबार  ४ : ०८ बजे

ग्यास अभावका विषयमा मुख्य सचिव कार्कीद्वारा व्यवसायीसँग छलफल

काठमाडौं । नेपाल सरकारका मुख्य सचिव गोविन्दबहादुर कार्कीले पछिल्लो समय

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन गर्ने नेप्से परिसूचक

ग्यास अभावको समस्यालाई तत्कालै सम्बोधन गर्न माग

काठमाडौं । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता

कप्तानगञ्ज घटना : गृहमन्त्री आएपछि मात्रै शव उठाउने रविन्द्र मेहेताका परिवारको अडान

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर घाइते

पछिल्लो २४ घण्टामा जाजरकोटमा सबैभन्दा बढी वर्षा मापन

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले पछिल्लो २४ घण्टामा