१ पुस २०८२, मंगलबार | December 16, 2025

काठमान्डु गुर्खाज ६ विकेटले विजयी



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को आज भएको पहिलो खेलमा काठमान्जु गुर्खाजले पोखरा एभेञ्जर्सलाई छ विकेटले पराजित गरेको छ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा पोखराले दिएको एक सय ३९ रनको लक्ष्य काठमान्डुले १४ दशमलव एक ओभरमा चार विकेटको क्षतिमा पूरा ग¥यो । यो जितसँगै काठमान्डु गुर्खाज प्लेअफ नजिक पुगेको छ ।
काठमान्डुको जितमा स्टेफन स्किनाजीले अर्धशतकीय पारी खेले । उनले उनले ३४ बल खेल्ने क्रममा १० चौकासहित ६० रनको योगदान दिए । त्यसबाहेक माइकल लेभिटले ३२, गेर्हार्ड एरासमुसले अविजित २५ र भीम सार्कीले २२ रनको योगदान दिए । पोखराका लागि विपीन खत्रीले तीन विकेट लिए भने मिचेल लेस्कीले एक विकेट हात पारे ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ३८ रन बनाएको थियो । उसका लागि रेमन रेफरले ३० बलमा तीन छक्का र एक चौकाको मद्दतले ४१ रन बनाए ।
साथै दिनेश खरेलले ३८ र दिलीप नाथले २७ रन बाहेक अन्य खेलाडीले दोेहोरो अङ्कको रन जोड्न सकेनन् । गोमेलले आठ, कप्तान कुशल भुर्तेलले सात, विपीन खत्रीले चार, सागर ढकाल र माइकल लीस्कले समान एक/एक रन जोडे ।
पोखरालाई मध्यमक्रममा समेट्ने क्रममा काठमान्डुका लागि कप्तान करण केसी र रासिद खानले समान तीन÷तीन विकेट लिए । यस्तै, गेर्हार्ड इरास्मस र माइकल लेविटले एक÷एक विकेट लिए ।
आजै हुने दोस्रो खेलमा चितवन राइनोज र जनकपुर बोल्ट्स भिड्दैछन् ।

प्रकाशित मिति : २९ मंसिर २०८१, शनिबार  १२ : २४ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज