७ बैशाख २०८३, सोमबार | April 21, 2026

सुदूरपश्चिमले कर्णालीलाई हरायो, प्लेअफको समीकरण पूरा



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई ६ विकेटले हराएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सोमबार कर्णालीले दिएको एक सय दुई रनको लक्ष्य सुदूरपश्चिमले १५ दशमलव २ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको हो । सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्र सिंह ऐरी र इशान पाण्डेले समान ३८-३८ रन बनाए ।

यस्तै सैफ जैबले ११, विनोद भण्डारी र आरिफ सेखले समान ४/४ रन बनाउँदा ब्राण्डोन म्याकमुलेनले तीन रन जोडे । सुदूरपश्चिमले अतिरिक्त ७ रन प्राप्त गर्यो । बलिङतर्फ कर्णालीको लागि कप्तान सोमपाल कामी, विपीन शर्मा र नन्दन यादवले समान एकरएक विकेट हात पारे ।

त्यसअघि, टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा दश विकेट गुमाएर एक सय एक रन बनाएको थियो ।

कर्णालीका लागि जिशान मकसूदले सर्वाधिक ३० रन बनाए । उनले ३५ बलमा ४ चौकाको मद्दतले ३० रन बनाएका हुन् । विलियम बोसिस्टोले १६, बाबर हयातले १३, कप्तान सोमपाल कामी र चाडविक वाल्टनले समान ११/११ रन बनाए ।

यस्तै, कर्णालीको लागि देव खनालले ७, अर्जुन घर्तीले अविजित रहदैँ ३ र गुलसन झाले २ रनको योगदान दिए । कर्णालीले अतिरिक्त ८ रन प्राप्त गर्यो । बलिङतर्फ सुदूरपश्चिमका लागि हरमित सिंहले सर्वाधिक तीन विकेट लिए । यस्तै, कप्तान दीपेन्द्र सिंह ऐरी र स्कट कुग्गेलिजनले समान दुईरदुई विकेट लिँदा सैफ जैबले एक विकेट हात पारेका थिए ।

प्लेअफको समीकरण पूरा

एनपिएलको लिग चरणका खेलहरू सकिएसँगै प्लेअफ समीकरण पूरा भएको छ । सुदूरपश्चिमसँग हारका बाबजुद पनि कर्णाली प्लेअफमा पुगेको हो । काठमाडौँ गुर्खाज भने प्लेअफको दौडबाट बाहिरिएको छ । जनकपुर बोल्ट्स, चितवन राइनोज र सुदूरपश्चिम रोयल्स यसअघि नै प्लेअफ चरणमा पुगिसकेका छन् ।

एनपिएलको पहिलो क्वालिफायरमा सुदूरपश्चिम र जनकपुर भिड्ने पक्का भएको छ भने चितवन र कर्णालीबीच इलिमिनेटरमा प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित मिति : १ पुस २०८१, सोमबार  १२ : ४९ बजे

अमेरिकी शान्ति वार्तामा सामेल हुने विषयमा अझै कुनै निर्णय भएको छैन : इरान

रासस/एएफपी । इरानले सोमबार अमेरिकासँग नयाँ चरणको शान्ति वार्तामा भाग

बसपार्क बाहिरबाट यातायात सेवा सञ्चालन गर्न नपाइने

काठमाडौँ । नयाँ बसपार्कबाट एकीकृत यात्रुवाहक सवारीसाधन सञ्चालन गर्न काठमाडौँ

पोशाक र पाठ्यपुस्तक बिक्री गर्ने विद्यालयलाई कारबाही गरिने

काठमाडौं । सरकारले पोशाक तथा पाठ्यपुस्तक बिक्री गर्ने विद्यालयहरुलाई कारवाही

गुल्मीमा सांसदसँग अन्तरक्रिया

गुल्मी । गुल्मीमा प्रतिनिधिसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिहरुसँग एकीकृत

अर्थमन्त्री र विषयगत मन्त्रालयका मन्त्री तथा सचिवहरुका बीचमा बजेट तयारी छलफल

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णीम वाग्ले र विषयगत सबै मन्त्रालयका