१ पुस २०८२, मंगलबार | December 16, 2025

पाँचवटा संसदीय समितिको बैठक बस्दै



काठमाडौं । आज पाँचवटा संसदीय समितिको बैठक बस्ने भएको छ।

प्रतिनिधि सभातर्फका दुई र राष्ट्रियसभाअन्तर्गतका तीन संसदीय समितिको बैठक बस्न लागेको संघीय संसद सचिवालयले जनाएको छ।

महिला तथा सामाजिक मामिला समितिको बैठक बिहान ११ बजे बस्नेछ। राज्य व्यवस्था तथा सुशासन समितिको बैठक दिउँसो १ बजे बस्ने भएको छ। बैठकमा संघीय निजामति सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि संशोधन प्रस्तावकर्ताहरूसँग छलफल गर्ने कार्यसूची छ।

बिहान साढे ११ बजे राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दैछ।

बैठकमा दलित समुदायको अधिकार तथा विकास सम्बन्धमा कानुनी व्यवसायको आवश्यकता सम्बन्धमा संकल्प प्रस्ताव कार्यान्वयन अनुगमत उपसमितिसमक्ष पेस भएको प्रतिवेदनमा छलफल हुने कार्यसूची छ।

दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा तिलगंगा नेत्र विश्वविद्यालय विधेयकमा सरोकारवालाहरूसँग छलफल गर्ने कार्यसूची छ।

त्यस्तै बिहान ११ बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा स्थलगत अनुगमन प्रतिवेदन सम्बन्धमा छलफल गर्ने कार्यसूची छ।

प्रकाशित मिति : ४ पुस २०८१, बिहिबार  ९ : १४ बजे

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज

सामाजिक सञ्जालमा प्रेम गरी विवाह गर्न भारत जाने युवती बेचबिखनको जोखिममा

राँझा । भारतीय व्यक्तिसँग सामाजिक सञ्जालमार्फत प्रेम सम्बन्ध भएका आधारमा

लागुऔषध ओसारपसार गर्ने एक भारतीयसहित तीन जना पक्राउ

काठमाडौं । प्रहरीले लागुऔषध ओसारपसार तथा बिक्रीवितरण गरेको अभियोगमा एक

पाँच फर्मलाई जरिवाना

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न पाँच