२१ असार २०८३, आइतबार | July 5, 2026

एनपिएल फाइनल भिडन्त : जनकपुरविरुद्ध सुदुरपश्चिमले पहिले ब्याटिङ गर्दै



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल खेल सुरु हुन लागेकोछ ।

टस जितेको सुदुरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सविरुद्ध पहिले ब्याटिङ रोजेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा टस जितेर सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले जनकपुरलाई पहिले बलिङको निम्तो दिए । स्थानीय समयअनुसार खेल दिउँसो १२ः३० बजेदेखि सुरु हुँदैछ ।

“पिच राम्रो छ, फाइनलमा शतप्रतिशत क्षमता प्रदर्शन गर्नेछौँ”, टस जितेपछि कप्तान ऐरीले भने, “हाम्रो लक्ष्य एक सय ६० रनभन्दा बढीको लक्ष्य प्रस्तुत गर्नुहुनेछ ।”

सुदूरपश्चिम रोयल्सले क्वालिफायरमा जनकपुर बोल्ट्सलाई पराजित गर्दै फाइनलमा पुगेको हो भने जनकपुर बोल्ट्सले कर्णाली याक्सलाई पाखा लगाउँदै फाइनलमा स्थान पक्का गरेको हो ।

जारी प्रतियोगितामा दुवै टोली दुई पटक एकापसमा भिडिसकेका छन् । जसमा दुवै पटक जनकपुर बोल्ट्समाथि सुदूरपश्चिम रोयल्स हावी भएको थियो । लिग चरणको खेलमा सुदूरपश्चिमले जनकपुरलाई ७२ रनले पराजित गरेको थियो भने पहिलो क्वालिफायरमा जनकपुर आठ विकेटले पराजित भएको थियो ।

एनपिएलको विजेताले १ करोड १० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले ५० लाख प्राप्त गर्नेछ । साथै तेस्रो भएको कर्णाली याक्सले २५ लाख र चौथो भएको चितवन राइनोजले १५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

 

प्रकाशित मिति : ६ पुस २०८१, शनिबार  १२ : १४ बजे

सिक्टा सिँचाइ आयोजना समयमै सम्पन्न गर्न मन्त्री श्रेष्ठको निर्देशन

नेपालगञ्ज । आर्थिक वर्ष २०६१/६२ देखि निर्माण सुरु भएको सिक्टा

विश्वकप लिग-२ खेल्न नेदरल्यान्ड्स प्रस्थान गर्ने नेपाली टोलीको बिदाइ

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा हुने त्रिकोणात्मक

रचनात्मक सुझावसहित संवादमा आउन महासङ्घलाई सञ्चारमन्त्रीको आग्रह

ललितपुर । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले सञ्चार क्षेत्रका

कोरला सडकलाई पर्यटकीय राजमार्ग बनाउने सरकारको योजना

मुस्ताङ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडकराज पौडेलले कालिगण्डकी

ऊर्जा सङ्कटपछि भारतले तेल अन्वेषण विस्तार गर्ने

नयाँदिल्ली । पश्चिमएशियामा भएको युद्धका कारण ऊर्जा आपूर्तिमा आएको अवरोधपछि