७ आश्विन २०८३, बुधबार | September 23, 2026

बढ्यो सुनचाँदीको मूल्य



काठमाडौं । नेपाली बजारमा सुनको भाउ ३ दिनदेखि लगातार बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोल ८०० रुपैयाँले बढेर १ लाख ५४ हजार १०० रुपैयाँ कायम भएको छ । यसअघि बुधबार र बिहीबार पनि सुनको भाउ क्रमशः प्रतितोला ५०० र ८०० रुपैयाँले बढेको थियो ।
यसअघि बिहीबार छापावाल सुनको मूल्य १ लाख ५३ हजार ३०० रुपैयाँ कायम भएको थियो । यता, शुक्रबार चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर १८ सय ४५ रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको भाउ तोलाको १८ सय ४० रुपैयाँ रहेको थियो ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार ६७३ डलरमा र चाँदी प्रतिऔंस ३०.२१ डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २६ पुस २०८१, शुक्रबार  १२ : ४५ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज