३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

रवि लामिछानेलाई ६० लाख धरौटीमा रिहा गर्न आदेश



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ ।

जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई ६० लाख धरौटी लिइ रिहा गर्न आदेश दिएको हो ।

काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको रकम ठगी गरेको अभियोगमा लामिछानेलाई प्रहरीले गत आइतबार हिरासतमा लिएको थियो ।

त्यसअघि लामिछाने ८४ दिन हिरासतमा बसेर जिल्ला अदालत कास्कीमा ६५ लाख धरौटी तिरेर गत बिहीबार रिहा भएका थिए ।

लामिछानेमाथि कास्कीमा सूर्यदर्शन सहकारीको रकम ठगी, संगठित अपराध र सम्पति शुद्धिकरणको अभियोग लगाइएको थियो । सोही अभियोगमा लामिछानेलाई गत कात्तिक २ गते पार्टी केन्द्रीय कार्यालय वनस्थलीबाट प्रहरीले नियन्त्रणमा लिएको थियो ।

प्रकाशित मिति : २ माघ २०८१, बुधबार  ५ : १९ बजे

श्रम संस्कृति पार्टीले टुंग्यायो समानुपातिक सांसदको नाम

काठमाडौं। श्रम संस्कृति पार्टीलेले प्रतिनिधिसभामा समानुपातिक प्रणालीबाट पठाउने सांसदहरूको नाम

एमालेले टुंगायो समानुपातिकका १६ जनाको नाम (सूचीसहित)

काठमाडौं । नेकपा (एमाले)ले पार्टीका तर्फबाट प्रतिनिधिसभामा समानुपातिकतर्फका १६ सांसदको

एमाले सचिवालय बैठक जारी, शोकमा रहेको अवस्थामै अध्यक्ष ओली बैठकमा सहभागी

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक अध्यक्ष केपी शर्मा ओलीको

विदेशमा सिकेको सीप र ज्ञान मातृभूमिको उन्नयनका निम्ति उपयोग गर्नुपर्छ : परराष्ट्रमन्त्री शर्मा

काठमाडौं । परराष्ट्रमन्त्री बालानन्द शर्माले प्रवासमा हासिल गरेको ज्ञान, सीप

एक अर्ब २१ करोड खर्चेर धमाधम आर्क ब्रिज बनाइँदै

दमौली । मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुलको