२३ मंसिर २०८२, मंगलबार | December 9, 2025

इन्टलेक्च्युअल स्कुलमा खेल सप्ताह शुरू



बुटवल । बुटवल ११ कालिकानगर भुवनसिङमार्गमा रहेको इन्टलेक्च्युअल स्कुलमा बुधबारदेखी खेलकुद सप्ताह शुरू गरीएको छ । खेलकुद मार्फत विद्यार्थीहरुको प्रतिभाको छनोट गर्नका लागि आयोजित खेलकुद सप्ताहका क्रममा सदनात्मक तथा कक्षागत रूपमा विद्यार्थीहरुलाई विभाजन गरि प्रतियोगिता गराईने छ ।

नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीहरु सहभागी हुने खेलकुद कार्यक्रममा भलिबल, कबड्डी, फुटसल, रीले दौड सटपट, हाइजम्प, लमजम्प, टेबलटेनिस, ब्याटमिन्टन, ज्यावलिङ थ्रो, कुर्चिदौड, साइकिल दौड, बास्केटबल, खो खो लागायतका खेलहरूमा प्रतिस्प्रर्धा गराईने छ ।

खेल सप्ताहको उदघाटन गर्दै स्कूल सञ्चालक समितिका अध्यक्ष गोबिन्द प्रसाद मरासिनीले विद्यालयले खेलकुद संगसगै अन्य बिधालाई समेत प्राथमिकतामा राखेर आफ्नो योजना अघि बढाएको बताएका थिए । सोही अवसरमा सस्थापक संचालक एवं प्रबन्ध निर्देशक रामराज पोख्रेलले खेलकुदले विद्यार्थीहरुको प्रतिभा प्रस्फुटनका लागि सहयोग गर्ने बताए ।
निम्न माध्यमिक तह संयोजक मेघराज पोख्रेलको अध्यक्षतामा भएको उदघाटन कार्यक्रमको सन्चालन कोर्डिनेट माया पौडेलले गरेकी थिइन ।

प्रकाशित मिति : २ माघ २०८१, बुधबार  ६ : ४४ बजे

टरिगाउँ विमानस्थलबाट असहायलाई भाडामा छुट

दाङ । नेपाल एयरलाइन्सले दाङको तुलसीपुरस्थित टरिगाउँ विमानस्थलबाट उडान भर्दा

प्राकृतिक शीतभण्डारमा किबी

पाँचथर । पाँचथरको फिदिम नगरपालिका-३ लालीखर्कका किसान बलबहादुर राईले प्राकृतिक

शुक्लाफाँटामा पाँचवर्षे शिक्षा योजना तर्जुमा गरिँदै

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाले शिक्षा क्षेत्रको समग्र सुधार र दीर्घकालीन

रुपन्देहीको फर्साटिकरमा भोलीदेखी दोस्रो शुद्धोदन उद्योग वाणिज्य कृषि पर्यटन तथा सांस्कृतिक महोत्सव सुरु हुँदै

बुटवल । रुपन्देहीको शुद्धोदन गाउँपालिका-६ फर्साटिकरमा भोली मंसिर २४ गतेदेखि

थर्पु अस्पतालमा आँखा उपचार सेवा सुरु हुने

तनहुँ । तनहुँको म्याग्दे गाउँपालिका-४ स्थित थर्पु अस्पतालमा नियमित आँखा