१४ असार २०८३, आइतबार | June 28, 2026

नेकपा सचिवालय बैठक १८ गतेसम्म स्थगित



काठमाडौं । भोलि शनिबारका लागि बोलाइएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक स्थागित गरिएको छ ।

अब अर्को बैठक आगामी भदौ १८ गते बिहीबार बस्ने मिति तय गरिएको छ ।

पार्टीभित्रको विवाद समाधान गर्न गठित कार्यदलको प्रतिवेदनमाथि छलफल गरी निस्कर्ष निकाल्ने भनिएको बैठक स्थगनको कारण भने खुलाइएको छैन ।

सचिवालय सदस्यहरुलाई बैठक भोलिको स्थगित गरिएको मात्र जानकारी गराइएको छ ।

पाटीभित्र शिर्ष नेतृत्वबीच गम्भीर मतभेद उब्जिएपछि गत असार १० गतेबाट सुरुभएको स्थायी कमिटीको बैठक पनि अलपत्र अवस्थामा छ । स्थायी कमिटी बैठककै बीच असार १६ गतेबाट विवाद सहमा देखिएको थियो ।

प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीको राजीनामा प्रचण्ड–नेपाल पक्षीय नेताहरुले माग्न थालेपछि बैठक भाँडिएको थियो । बीचबीचमा सचिवालयको निस्कर्षहीन बैठक बसेको थियो ।

विवाद समाधानका लागि अध्यक्षद्वय ओली र प्रचण्डबीच समेत पटकपटक छलफल हुँदै सम्वाद टुट्दै गरेको अवस्थामा विवाद समाधानकै लागि महासचिव विष्णु पौडेलको नेतृत्वमा ६ सदस्यीय कार्यदल बनेको थियो ।

कार्यदलले आफ्नो प्रतिवेदन निर्धारित समयमा नै बुझाइसकेको छ ।

यद्यपी, कार्यदलको प्रतिवेदनमाथि माधव नेपाल र झलनाथ खनाल पक्षीय नेताहरुले असन्तुष्टि जनाएका छन् । तर, कार्यदलमा भने नेपालको तर्फबाट सुरेन्द्र पाण्डे र भीम रावल सदस्य रहेका थिए ।

सर्वसम्मत रुपमा अध्यक्षलाई बुझाएको कार्यदलप्रतिवेदनमाथि थप छलफल गरी निस्कर्ष निकाल्नका लागि भोलिको बैठक बोलाइएको थियो ।

प्रकाशित मिति : १२ भदौ २०७७, शुक्रबार  ३ : १६ बजे

घानालाई हराउँदै क्रोएसिया विश्वकपको नकआउट चरणमा

काठमाडौं । निकोला भ्लासिचको खेलको उत्तरार्धमा गरेको निर्णायक गोलको मद्दतले

कोशीमा भारी वर्षाको सम्भावना, चार दिनभित्र देशभर मनसुन फैलिने

काठमाडौं । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,

बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा ‘ट्रयाज प्रणाली’ लागु

बुटवल । पश्चिम नेपालकै प्रमुख सरकारी अस्पतालको रूपमा रहेको बुटवलस्थित

रूखबाट खसेर बालिकाको मृत्यु

बाजुरा । जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा आज रूखबाट खसेर एक

कार्यसम्पादनमा लुम्बिनी प्रदेश प्रहरी देशकै प्रथम

भैरहवा । नेपाल प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष