२३ बैशाख २०८१, आइतबार | May 5, 2024

नेकपा सचिवालय बैठक १८ गतेसम्म स्थगित



काठमाडौं । भोलि शनिबारका लागि बोलाइएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक स्थागित गरिएको छ ।

अब अर्को बैठक आगामी भदौ १८ गते बिहीबार बस्ने मिति तय गरिएको छ ।

पार्टीभित्रको विवाद समाधान गर्न गठित कार्यदलको प्रतिवेदनमाथि छलफल गरी निस्कर्ष निकाल्ने भनिएको बैठक स्थगनको कारण भने खुलाइएको छैन ।

सचिवालय सदस्यहरुलाई बैठक भोलिको स्थगित गरिएको मात्र जानकारी गराइएको छ ।

पाटीभित्र शिर्ष नेतृत्वबीच गम्भीर मतभेद उब्जिएपछि गत असार १० गतेबाट सुरुभएको स्थायी कमिटीको बैठक पनि अलपत्र अवस्थामा छ । स्थायी कमिटी बैठककै बीच असार १६ गतेबाट विवाद सहमा देखिएको थियो ।

प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीको राजीनामा प्रचण्ड–नेपाल पक्षीय नेताहरुले माग्न थालेपछि बैठक भाँडिएको थियो । बीचबीचमा सचिवालयको निस्कर्षहीन बैठक बसेको थियो ।

विवाद समाधानका लागि अध्यक्षद्वय ओली र प्रचण्डबीच समेत पटकपटक छलफल हुँदै सम्वाद टुट्दै गरेको अवस्थामा विवाद समाधानकै लागि महासचिव विष्णु पौडेलको नेतृत्वमा ६ सदस्यीय कार्यदल बनेको थियो ।

कार्यदलले आफ्नो प्रतिवेदन निर्धारित समयमा नै बुझाइसकेको छ ।

यद्यपी, कार्यदलको प्रतिवेदनमाथि माधव नेपाल र झलनाथ खनाल पक्षीय नेताहरुले असन्तुष्टि जनाएका छन् । तर, कार्यदलमा भने नेपालको तर्फबाट सुरेन्द्र पाण्डे र भीम रावल सदस्य रहेका थिए ।

सर्वसम्मत रुपमा अध्यक्षलाई बुझाएको कार्यदलप्रतिवेदनमाथि थप छलफल गरी निस्कर्ष निकाल्नका लागि भोलिको बैठक बोलाइएको थियो ।

प्रकाशित मिति : १२ भाद्र २०७७, शुक्रबार  ३ : १६ बजे

गुजरातमाथि रोयल च्यालेन्जर्स ४ विकेटले विजयी

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलुरुले

धार्मिक पर्यटन प्रवर्द्धन गर्न हलेसी-बराहक्षेत्र र पाथीभरा जोडिने

खोटाङ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हलेसी-बराहक्षेत्र र पाथीभरालाई

छ करोडको लागतमा तनहुँको बुल्दीखोलामा पुल बन्दै

तनहुँ । व्यास नगरपालिका-१ र २ जोड्नेगरी कराङकाठ-बसपार्क जाने बुल्दीखोलामा

दोदा नदीमा डुबेर दुई जनाको मृत्यु

कञ्चनपुर । कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा डुबेर दुईजनाको मृत्यु

स्पेनिस ला लिगाको उपाधि रियल म्याड्रिडले जित्यो

काठमाडौं । स्पेनिस ला लिगाको उपाधि रियल म्याड्रिडले जितेको छ