२५ भदौ २०८३, बिहिबार | September 10, 2026

एभरेष्ट बैंकको २ अर्बले नाफा बढ्यो



काठमाडौं। चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा एभरेष्ट बैंकले खुद नाफा बढेको छ ।

बैंकले २ अर्ब ७ करोड ४७ लाख ६३ हजार रुपैयाँ कमाएको हो । अघिल्लो वर्षको यसैअवधिको तुलनामा यसअवधिमा नाफा २१.११ प्रतिशतले बढेको हो । अघिल्लो वर्षको यसैअवधिमा यस बैंकले १ अर्ब ७१ करोड ३१ लाख ४८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

यसअवधिमा खुद ब्याज आम्दानी र सञ्चालन आम्दानी बढेसँगै यसको खुद नाफा बढेको हो । खुद ब्याज आम्दानी १९.११ प्रतिशतले बढेर ४ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ । यता, सञ्चालन आम्दानी पनि २६.९७ प्रतिशतले बढेर ३ अर्ब १० करोड रुपैयाँ पुगेको छ ।

गत वर्ष ४३ करोड २३ लाख रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज यो वर्ष ३४ करोड ९५ लाख ९८ हजारु रुपैयाँ आएको छ । आरओई १४.५५ प्रतिशत छ । प्रतिसेयर आम्दानी २ रुपैयाँ ९४ पैसा बढेर ३२ रुपैयाँ ०६ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ २२५ रुपैयाँ ७९ पैसा छ । चुक्ता पुँजी १२ अर्ब ९४ करोड रुपैयाँ छ ।

प्रकाशित मिति : ७ माघ २०८१, सोमबार  ८ : ५२ बजे

भोटेकोशी बाढी : ‘डिएनए’ परीक्षण तीव्र

रूपन्देही । भोटेकोशी बाढीमा परी मृत्यु भएका नेपाली तथा विदेशी

तरकारीको विषादी परीक्षण बढाइँदै

चितवन । किसानले बजारमा ल्याउने तरकारीमा विषादी बढी हुन थालेपछि

एसिसी प्रिमियर कप : नेपाल ओमानसँग खेल्दै

काठमाडौं । एसिसी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको सेमिफाइनलमा नेपाली पुरुष

ग्रामीण विकास लघुवित्तद्वारा दैवी प्रकोप उद्धार कोषमा ५५ लाख ५५ हजार ५५५ रुपैयाँ सहयोग

बुटवल । नेपाल सरकारको समेत स्वामित्व रहेको नेपालको एकमात्र लघुवित्त

अपर म्याग्दी-१ को सुरुङ ‘ब्रेक थ्रु’

म्याग्दी । त्रिपन्न दशमलव पाँच मेगावाट क्षमताको अपर म्याग्दी-१ जलविद्युत्