१० पुस २०८२, बिहिबार | December 25, 2025

सहकारी ठगीमा संलग्न सबैलाई कारबाही हुने सञ्चारमन्त्रीको दाबी



लमजुङ। सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरूङ सहकारी ठगीमा संलग्न भएका र आयोगले अभियोजन गरेका सबै जनालाई कारबाही हुने बताएका छन्।

लमजुङको सुन्दर बजारमा शुक्रबार १०औं सुन्दर बजार महोत्सवको उद्घाटन गर्दै सञ्चारमन्त्री गुरुङले उक्त कुरा बताएका हुन्।

सहकारी ठगीमा संलग्न जुनसुकै दलका भए पनि कारबाही हुने उनको भनाइ छ। ठगीमा संलग्नलाई कारबाही गर्दै पीडितलाई न्याय दिने उनको दाबी छ।

ुसहकारी ठगीमा संलग्न काँग्रेस एमालेलाई कारबाही भएको छैन, खाली रास्वपाका सभापति रवि लामिछानेलाई समातेको छ।खेदेको छ, घेरेको छ भन्नेकुरा तपाईंहरूको भ्रम मात्र होु, मन्त्री गुरुङले भने, ुसंकटग्रस्त २२ वटा सहकारीको छानबिनका लागि माननीय सूर्य थापा नेतृत्वको सर्वदलीय उच्चस्तरीय संसदीय छानबिन समितिले अभियोजन गरेका, कारबाहिका लागि किटान गरेका सबैलाई कारबाही हुन्छ, ढिलोचाँडो मात्र हो।ु

मन्त्री गुरुङले सहकारीका विषयमा न्यायिक निकायमा गएको मुद्दालाई नाराजुलुस र हुलदंङ्गा गरेर प्रभावित नपार्न सबैलाई आग्रह गरे।

प्रकाशित मिति : ११ माघ २०८१, शुक्रबार  ८ : ३० बजे

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि जारी

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि

बिलाउनीको झाडी फाडेर सुन्तला बगान

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका-७ दोवाटाका किसानहरुले बिलाउनीको झाडी फाडेर

नरैनापुर पर्यटन प्रवद्र्धनमा मिडियाको सहकार्य आवश्यक : पत्रकारहरूको प्रतिबद्धता

बाँके । नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि सञ्चार माध्यमको भूमिका

वीरगञ्ज हुँदै ४० अर्बको सामान विदेश निर्यात

वीरगञ्ज । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा रु

बजार पहुँच नहुँदा किसानको दूध घरमै

भोजपुर । भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पु¥याउन